युएस बंगला विमानका पाइलट सुल्तानको उपचारको क्रममा निधन

Advertisement

काठमाडौँ: सोमबार भएको युएस बंगला विमानको दुर्घटनाका घाइते पाइलट अविद सुल्तानको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ।

सुल्तानको आज बिहान उपचारको क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको, अस्पताल स्रोतले कर्पोरेट नेपाललाई जानकारी दिएको छ । योसंगै घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

उनको हिजोसम्म मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

सुल्तानका को-पाइलट प्रिथुला रशिदको भने हिजै निधन भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement