निरन्तर घटिरहेको सेयर बजारमा आज सामान्य सुधार, कारोबार भने निराशाजनक

Advertisement

काठमाडौंः विगत केही दिन यता लगातार भारी अंकको गिरावट आइरहेको सेयर बजार परिसुचक नेप्सेमा मंगलबार भने एकल अंकको सामान्य सुधार आएको छ । आज नेप्से परिसुचक चार दशमलव ८९ अंकले बढेर एक हजार २८१ दशमलव ९० अंक कायम भएको हो ।

मंगलबार परिसुचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज २३ करोड रुपियाँ बराबरका चार लाख कित्ता सेयर किनबेच भए । बीमा, उत्पादन र माइक्रोफाइनान्स समूह बाहेकका परिसुचक वृद्दि भएका छन् । उत्पादन समूहमा ३२ दशमलव ६५ अंकको गिरावट आएको छ भने बीमा समूहमा १० अंकले गिरावट आएको छ ।

यस्तै आज सबै भन्दा बढी होटल समूहको परिसुचक ६१ दशमलव ५४ अंकले वृद्दि भएको छ । साथै, जलविद्युतमा ९ दशमलव ३९, अन्य समूहमा ७ दशमलव १२ अंकले वृद्दि भएको छ ।

सेन्सेटिभ समूहको परिसुचक मापन गर्ने इन्डेक्समा पनि आज एक दशमलव ३० अंकको वृद्दि हुँदै २७२ दशमलव ७७ अंकमा कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement