विद्युत प्राधिकरण भन्छ– पूर्वमा करिव चार प्रतिशत विद्युत चुहावट घटाएँ

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले प्रदेश नम्बर एकका नौ जिल्लामा चालू आर्थिक वर्ष २०७४÷७५ को माघसम्म विद्युत चुहावट करिब चार प्रतिशत घटेको दावी गरेको छ ।

प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ बितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३÷७४ मा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई माघसम्ममा तीन दशमलव ९१ प्रतिशतले घटाएर १३ दशमलव ७४ प्रतिशत कायम गरेका हुन् ।

क्षेत्रीय कार्यालय अन्तर्गतको बितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ ।

विराटनगर वितरण केन्द्रले १४ दशमलव ०५ प्रतिशत रहेको चुहावटलाई चार दशमलव २१ प्रतिशतले घटाएर नौ दशमलव ८४ प्रतिशत कायम गरेको आठ दशमलव ९५ प्रतिशत रहेको विद्युत चुहावटलाई दुहवी बितरण केन्द्रले तीन दशमलव ०७ प्रतिशतले घटाएर पाँच दशमलव ८८ प्रतिशत कायम गरेको छ ।

विराटनगर र दुहवी कार्यालयअन्तर्गत ठूला औद्योगिक ग्राहकहरु छन् । दमक बितरण केन्द्रले चार दशमलव ७३ प्रतिशतले चुहावट घटाएको छ । केन्द्रले असारसम्म २३ दशमलव २२ प्रतिशतको चुहावटलाई घटाएर १८ दशमलव ४९ प्रतिशतमा झारेको हो ।

मोरङको रंगेली बितरण केन्द्रको चुहावट भने अझै ३२ दशमलव ३० प्रतिशत छ । असारसम्ममा ३६ दशमलव ४२ प्रतिशत चुहावट रहेको माघसम्ममा चार दशमलव १२ प्रतिशत मात्रै घटेको छ । इनरुवा बितरण केन्द्रको ३६ दशमलव ५९ प्रतिशतको चुहावट १० दशमलव ०७ प्रतिशतले घटेर २६ दशमलव ५२ प्रतिशत पुगेको छ ।

यसैगरि, वेलबारी बितरण केन्द्रको २६ दशमलव १३ प्रतिशत चुहावट एक दशमलव २४ प्रतिशतले घटी २४ दशमलव ८९ प्रतिशतमा सीमित भएको छ । विद्युत चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यासम्पादन सम्झौता लगायतका कारण चुहावट घटेको प्राधिकरणकोका दावी छ ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए । उनी भन्छन ‘माघसम्मको तथ्याङ हेर्दा विद्युत चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ, तर गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ ।’ तर, हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौं ।’

क्षेत्रीय कार्यालयलाई गत आर्थिक बर्षमा रहेको १७ दशमलव ६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ ।
गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

Advertisement

Advertisement

Advertisement