आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा टेकुमा

Advertisement

काठमाण्डौंः आइएमई जनरल इन्स्योरेन्सले आफ्नो ३३औं शाखा संचालनमा ल्याएको छ । कम्पनीको नयाँ टेकू शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांई गरे ।

उद्घाटनमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।

बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाइले कम्पनीले छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए ।

सोही अवसरमा अध्यक्ष चापागाले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि सबैलाई अग्रह गरे ।

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको आज उद्घाटन भएको शाखा सहित ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले कम्पनीले आव २०७४।०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड रुपियाँ बीमा शुल्क आर्जन गरेको, कूल लगानी ८५ करोड रुपियाँ त्यसैगरी खुद नाफा ४ करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement