प्राइमलाइफ र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः प्राइमलाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ । सम्झौतामा प्राइमलाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुवंर क्षेत्रीले हस्ताक्षर गरे ।

उक्त सम्झौता भएपश्चात प्राइमलाइफले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका राज्यभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइमलाइफको हकप्रद शेयर जारी भइरहेको अवस्था रहेको छ ।

साथै, आगामी चैत १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भएपछि ९७ करोड ६३ लाख २० हजार रुपियाँको हकप्रद शेयर समेत कायम हुने चुक्ता पूंजीमा १२.५ प्रतिशतका दरले बोनस शेयर दिने समेत कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement