सिंहदरबार चोकमा ट्राफिकलाई घुस दिन खोज्ने चालक पक्राउ

Advertisement

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । सिंहदरबार चोक जस्तो संवेदनशील ठाउँमा घुस खुवाउन खोजेपछि उनी पक्राउ परेका हुन ।

सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भई भक्तपुर बस्ने भुवन मोक्तान पक्राउ परेका हुन ।

उनले मंगलबार दिउँसो ट्राफिकलाई खुस खुवाउन खोजेका थिए । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने बताए । पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement