अबैध सुन कारोबारी तीन जना पक्राउ, दुवईबाट ल्याएर भारतमा बिक्री गर्ने गरेको खुलासा

Advertisement

काठमाडौंः दुबईबाट सुन अबैध रुपमा नेपाल ल्याएर विभिन्न स्थानमा तथा भारतमा लगेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट हेयर इलेक्ट्रोनिक आइरनमा सुन लुकाएर नेपाल ल्याउने गिरोहलाई सीआईबीले सोमबार पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा महाराजगन्जबाट खटिएको केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले सोमबार तीन जनालाई पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई प्रहरीले सिनामंगलबाट बा १६ च ३५१० नम्बरको कारमासहित शशिकला भण्डारी गुरुङ, सरोज केसी र होम बहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।

शशीकला भण्डारी गुरूङको श्रीमानले दुवईबाट सुन नेपालमा पठाउँदै आएका थिए । यसरी पठाईएका सुन कोटेश्वरस्थित बर्ज्राचार्य गहना प्रालिमा र शाक्य अर्नामेन्टमा बिक्री गर्ने गरेको खुलेपछि खानतलासी गर्दा गरगहना तथा गालिएको सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ भएका व्यक्ति र वरामद गरिएको सुनलाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग, हरिहर भवनमा बुझाईएको छ ।

Advertisement

Advertisement

Advertisement