युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, सेभिल्लासँग २-१ ले पराजित

Advertisement

एजेन्सीः इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गए राति भएको खेलमा स्पेनीस क्लब सेभिल्लासँग २-१ गोलले पराजित हुँदै अन्तिम १६ बाटै घर फर्किएको हो ।

सेभिल्लाका बेन यदरले दुई गोल गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गराएका हुन । युनाइटेडका लागि भने रोमेमु लुकाकुले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

प्रतियोगितामा सेभिल्लाले समग्रमा २१ गोलको जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । यसअघि भएको पहिलो लेगमा गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

Advertisement

Advertisement

Advertisement