तरलता समाधान गर्न बैंकिङ क्षेत्रमा आज २० अर्ब थप्दै राष्ट्र बैंक

Advertisement

काठमाडौंः पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्यालाई समाधान गर्न नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रुपियाँ बैंकिङ क्षेत्रमा पठाउने भएको छ । राष्ट्र बैंकले २० अर्बको दुई हप्ता अवधिको रिपो बोलकबोल आज (बुधबार) जारी गरेको हो ।

ब्याजदर करिडार अन्तर्गत दुई हप्ता अवधिको रिपोमा पाँच प्रतिशत ब्याजदर रहेको छ । बोलकबोलमा राष्ट्र बैंकले काउण्टरपार्टी भनी तोकेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र भाग लिन पाउने छन् ।

इच्छु बैंक तथा वित्तिय संस्थाल अपरान्ह् तीन बजेसम्म अनलाईनमार्फत बोलकबोल गर्न पर्ने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement