सेयर लगानीकर्तालाई सचेतना जगाउँदै सीडीएससी

Advertisement

काठमाडौंः प्रदेश पाँच र छका लगानीकर्तालाई शिक्षित बनाउने उद्देश्यले सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । सिडिएस एण्ड क्लियरिङ (सीडीएससी) ले नेपाल स्टक एक्सचेन्ज र युनाइटेड फाइनान्ससँगको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश पाँचमा यही फगुन २८ गते र प्रदेश छमा २९ गते आयोजना गरिएको उक्त कार्यक्रमको उद्योग वाणिज्य संघ नेपालगंजका तारा रोक्का, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक सुरेन्द्रराज वाग्ले र अधिकृत भेषराज खनाल उपस्थित थिए ।

गुप्ताले धितोपत्र अभौतिकीकरण र प्राथमिक सार्वजनिक निष्काशनमा सहजता प्रदान गर्न कार्यान्वयनमा ल्याइएको सि–आस्बा राम्रो पक्ष भएको बताएका थिए ।

त्यसैगरी, प्रदेश छमा उक्त कार्यक्रम सुर्खेतमा आयोजना गरिएको थियो । यसमा भने कर्णाली प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीे पनि उपस्थित थिए । अध्यक्षले सुर्खेतमा पूँजी बजार सम्बन्धी शिक्षामूलक कार्यक्रम आयोजना गरेकोमा सिडिएससि र नेप्सेलाई धन्यवाद दिए ।

Advertisement

Advertisement

Advertisement