सिन्धुपाल्चोकका विकट क्षेत्रमा टेलीकमको सेवा सुरु

Advertisement

सिन्धुपाल्चोकः नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन सुरु गरेको छ । कम्पनीले यही फागुन २९ गतेदेखि ती स्थानमा सेवा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । ती स्थानमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ । उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर छको विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ ।

अब त्याँहाबाट मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने कम्पनीले जनाएको छ । सेवा विस्तार भएपछि करिब चार हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका टेलिकमले बताएको छ ।

Advertisement

Advertisement

Advertisement