सेञ्चुरी बैंकको सातौं वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौंः सेञ्चुरी कर्मसियल बैंकले आफ्ना सेयरधनी हाल कायम रहेको चुक्ता पूंजीको पाँच/पाँच प्रतिशत बोनस सेयर र नगद लाभांस दिने भएको छ । बैंकको भएको आफ्नो सातौं साधारण सभाबाट उक्त बोनस सेयर र नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर र नगद लाभांस दिएपछि बैंकको चुक्ता पूंजी आठ अर्ब छ करोड रुपियाँ पुगेको छ । बैंकको वार्षिक साधारणसभा बुधवार राजधानीको आर्मी अफिसर्स क्लब भद्रकालीमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो ।

आव २०७४/७५ को पुस मसान्त सम्म बैंकले ५२ अर्ब १७ करोड रुपियाँको कुल निक्षेप र र ४७ अर्ब दुई करोड रुपियाँको कर्जा परिचालन गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र पाँच वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र तीन वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement