तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि, १३ मुलुकका प्रतिनिधिको उपस्थिति रहने

Advertisement

काठमाडौंः ‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्टिय चिया महोत्सव चैत तेस्रो साता आयोजना हुने भएको छ । नेपाली चियाको बजारीकरण र प्रचारप्रसारका लागि नेपाल चिया तथा कफी विकास बोर्डले तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गर्न लागेको हो ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आयोजना गर्ने महोत्सव आगामी चैत २३ देखि २५ गतेसम्म राजधानीको याक एण्ड यती होटेलमा चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले गर्नेछन् । महोत्सवमा विभिन्न १३ मुलुकका २५ प्रतिनिधि सहभागि हुनेछन् । महोत्सवको एक मात्र उद्देश्य विश्वस्तरको चिया ब्राण्डका रुपमा नेपाली चियालाई स्थपित गर्नु रहेको आयोजकले बताएको छ ।

महोत्सवमा नेपाली चियाको ट्रेडमार्क औपचारिक रुपमा सार्वजनिक गरिनेछ । विश्वबजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे पनि महोत्सवमा जानकारी दिइनेछ । नेपालमा उत्पादन हुने चियाले विश्व बजारमै सकारात्मक छाप छोड्न सफल भएको जनाइएको छ ।

उच्च गुणस्तरको चियाको माग अन्तर्राष्ट्रिय बजारमा सदैव उच्च रहदै आएको छ र नेपाली चियाले केही हदसम्म गुणस्तरको त्यो माग पूरा गर्दै आएको छ । दक्षिण एसियाली क्षेत्रमा पनि चियासँग सम्बन्धित व्यवसायीले नेपालको चियाप्रति रुची राख्ने गरेका छन् । विशेषगरी यहाँ योङ्ग बुसेस बाट चिया उत्पादन हुने गरेको छ ।

नेपालमा चिया उत्पादनका लागि उर्वर मानिने ठूलो क्षेत्रफल जमिन बांझै रहेको छ । यद्यपी, हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । जसमध्ये अधिकांश खेती मुलुकको पूर्वी भेगमा हुने गरेको छ । पछिल्लो समय भने मध्य र पश्चिमी भेगमा पनि चिया खेती बिस्तार हुँदै गएको छ ।

नेपालमा बार्षिक रुपमा करिब दुई करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएको छ, जसमध्ये ५५ लाख किलो चिया अर्थोडक्स रहेको छ । विशेष स्वाद रहेको अर्थोडक्स चिया मुलुकको पहाडी क्षेत्रमा उत्पादन हुन्छ भने सिटिसि चिया मुलुकको तराई भेगमा उत्पादन हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement