तपाईंको नामको अर्थ र महत्व

Advertisement

[caption id="attachment_38979" align="alignleft" width="150"]diwakar_panta_astrologer_journalist लेखक[/caption] विद्यालय तह पढ्दै गर्दा मेरो एक जना साथीको नाम थियो – हिटलर । यो नाम उनको बाबुले राखिदिएका थिए । उनका बाबु शिक्षक भए पनि पियक्कड भएकाले अनौठा अनौठा हर्कत गर्ने खालका थिए । त्यसैले उनले आफनो पुत्रको नाम पनि हिटलर राखिदिए । ६–७ कक्षा पढ्दा त्यसबेला हामी सहपाठी कसैलाई पनि जर्मनीको हिटलर को हो ? भन्ने थाहा थिएन । थाहा थियो त हिटलर आफ्नो सहपाठीको नाम हो । पढ्दै गइयो, कक्षा उक्लँदै गइयो । अनि थाहा भयो जर्मनीको हिटलरका बारेमा । जब थाहा भयो अनि त्यस साथीले आफनो नाम परिवर्तन गरेर अर्कै राखे । पछि हामी उनलाई कहिले काँही “ए हिटलर” भनि जिस्क्याउँथ्यौ, उनी रिसाउँथे ।

Advertisement

पूर्वसभामुख तारानाथ रानाभाटका कान्छा छोराको नाम हो – आतंक । वीपी कोइरालाले रानाभाटका छोरा जन्मेको बेला उत्पन्न भएको राजनीतिक पृष्ठभूमिलाई जोडेर उनको नाम आतंक राखिदिएका हुन रे ।
समाजमा कतिपय व्यक्तिका नाम अनौठा अनौठा हुने गरेको तपाईंले पनि सुन्नु भएको पनि होला । कतिपय व्यक्तिहरुले आफना सन्तानको नाम विभिन्न राजनीतिक, सामाजिक परिस्थितिको सम्झनामा राख्ने गरेको देखिएको छ । जसले गर्दा अन्य सामान्य मानिसको भन्दा निकै अनौठो नाम सुनिन्छ भने कतिपयले युनिक नाम राख्ने सोचमा अनौठा अनौठा नाम राख्ने गरेको पाइन्छ ।
जुन व्यक्तिको नाम राखिएको हुन्छ, त्यसबारे स्वयं त्यो व्यक्ति आफैमा निर्णायक हुँदैन । किनकी बच्चा सानो रहँदा नै बाबुआमाले उसको नाम राखिदिने गर्छन । अत्यन्त थोरै मात्र मानिसले आफू बुझने भएपछि आफनो नाम परिवर्तन गर्छन ।त्यस्तो संख्या यो अति नै कम प्रतिशत मानिसले गर्ने गर्छन । त्यसैले आफना मातापिताले निर्णय गरेको नाम नै व्यक्तिको जीवनमा प्रतिनिधी शब्द यानेकी नामका रुपमा रहन्छ । त्यसैले कुनै पनि बच्चाको नाम राख्नु आफैमा जीवनभरका लागि उसको सांकेतिक रुपान्तरण गर्नु हो । बाबुआमाले राखिदिएको नाम नै अन्त्यमा फैलिएर सबैं सामु पुग्ने हुन्छ । तसर्थ, नाम राख्ने कुरा सामान्य विषय नभई अति नै महत्वले भरिएको विषय हो ।सामान्यतया व्यक्तिको नाम उ जन्मेको समाजको सांस्कृतिक पृष्ठभूमिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सामान्यतया कोही पनि व्यक्तिको नाम सुन्ने बित्तिकै उ कुन भूभागको ? वा कुन सांस्कृतिक पृष्ठभूमिको होला ? भनि सामान्य आँकलन गर्न सकिन्छ । तर सदैव त्यसो भने हुँदैन । हिमाली भेगको मानिसको नाम हेर्यो भने निश्चित शब्द दोहोरिएका हुन्छन् । पहाडी भेगको मानिसको नाम होस् वा तराई भेगका मानिसको नाममा पनि केही शब्द दोहोरिएका हुन्छन । यसरी हेर्दा नाममा केवल व्यक्तिको आइडेन्टिटी मात्र नभई उसको समाज, परिवेश, सांस्कृतिक धरातल, धर्म आदी जस्ता विषयसमेत प्रतिनिधित्व भएको हुन सक्छ ।नाम कस्तो राख्ने ? कति अक्षरको राख्ने ? छोटो नाम राख्ने की लामो नाम राख्ने ? क्लासिकल नाम राख्ने की मोर्डन राख्ने ? स्वदेशी फ्लेभरको राख्ने की विदेशी फ्लेभरको राख्ने ? यो बडो सोचनीय विषय हो । केही वर्षअघि बच्चाहरुको नाम हेर्दा विदेशी फ्लेभरको नामतर्फ आकर्षित भएको देखिन्छ । साथै, पछिल्लो दश वर्ष यतादेखि दुर्इ तीन वर्ष अघिसम्म हेर्यो भने बाबु र आमाको पहिलो अक्षरलाई जोडेर आफ्ना बच्चाको नाम राख्ने प्रवृत्ति बढि देखिएको छ ।यसरी आमा र बाबुको नामका शुरुको अक्षर जोडेर राखिएका नामको अर्थ यानेकी मिनिङ नआउने शब्दको समेत प्रयोग गर्ने गरेको पाइएको छ । यसरी नाम राख्दा बाबुआमाको समान प्रतिनिधित्व बच्चामा हुने वा भनौ बाबुआमाको समानता झल्कने अभ्यासका रुपमा समेत लिने गरेको देखिन्छ । तर, कतिपय सन्दर्भमा यसरी राखिएका नामको अर्थ दिने शब्द नभई दिँदा उक्त नाम कस्तो– कस्तो सुनिने खालको हुने गरेको समेत देखिएको छ ।तर, आजभोलि हेर्यो भने समाज फेरि “ब्याक्ट टु दी ओल्ड”तर्फ अघि बढेको जस्तो देखिएको छ । साह्रै पुरानत प्रकारका नाम नराखेता पनि फेरि बच्चाबच्चीको नाम संस्कृत, धार्मिक, सामाजिक, सांस्कृति, परम्परा आदी झल्कने शब्दलाई चयन गर्ने गरेको पाइएको छ । जस्तो आजभोलि संवृद्धि, दिव्या, संस्कार, संस्कृति, आरम्भ, आशुतोष, आरती, संवृद्ध, अनमोल, प्रसिद्धी, प्रसिद्ध, प्रसन्न, शुभाङ्ग, आयुश, आयुश्मा, उन्नती, दिग्विजय, आदी जस्ता नामले प्राथमिकता पाउन थालेका छन् ।अझ कतिपयले संस्कृत फ्लेभर दिने प्रकारका नाम चयन गर्ने गरेका छन् । एक समय विदेशीको जस्तो नाम राख्दा सभ्य र आधुनिक सम्झने मानसिकता बोकेको समाज फेरि आफनोपनको खोजितर्फ अघि बढ्न खोजेको जस्तो देखिएको छ ।अघिल्लो पुस्ताको जस्तो नामको बीचमा अर्थात मिडल नेम राख्ने चलन अहिलेको पुस्तामा लगभग हराइसकेको छ । बीचमा राखिने कुमार, प्रसाद, बहादुर, शाली, मूर्ति, विलास, नाथ, निधि, भुषण, मणि, राज, जंग, मान, चन्द्र, बाबु, शरण, मान, चरित्र, देवी, कुमारी जस्ता शब्द अचेल राखिने गरेको पाइदैन । जसले गर्दा मानिसका नाम एक शब्दको र थर एक शब्दको हुने गरेको छ । अर्थात नाम केही छोटो हुन पुगेको छ । लामो लामो नाम अचेल राख्ने गरेको पाइदैन ।नामको महत्वजसरी कोही पनि व्यक्तिको मोवाइल नम्बर युनिक हुन्छ, त्यसरी नै व्यक्तिको नाम पनि युनिक हुन्छ । मानिसको पहिलो पहिचान भनेको नाम नै हो । त्यसैले नाम सकारात्मक कुराको प्रतिनिधित्व गर्ने वा सन्देश दिने खालको हुनुपर्दछ । नाम उच्चरण गर्न सजिलो हुने खालको भएमा जो कोहीले पनि बोलाउँदा सजिलो हुने हुन्छ । धेरै जटिल नाम राखिदिएमा उच्चारण गर्न कठिन हुन्छ । कतिपय अवस्थामा कुनै पनि प्रतिष्पर्धामा बराबर भोट आएको खण्डमा नामको अक्षर अनुसार विजेता समेत घोषणा गर्ने वा आलोपालो पद्धतिमा जसको नामको अक्षर पहिलाको हो उसैले शुरु गर्ने गरेको पनि पाइन्छ । तसर्थ, नामको महत्व जसरी मानिसको जीवनको महत्व छ, त्यत्ति नै महत्व छ भन्दा सान्दर्भिक होला ।कतिपय मानिसको नाम उच्चरण गर्ने बित्तिकै व्यक्ति श्रद्धाले झुक्दछ भने कतिपयको नाम सुन्ने बित्तिकै नकारात्मकताको प्रतिकका रुपमा झल्कि हाल्दछ । त्यसैले नाम सामान्य सानो विषय जस्तो लागेता पनि यसको श्रृखला र अभ्यास निकै महत्वले भरिएको छ ।नाम राख्ने सनातन अभ्यासहिन्दू मान्यताअनुसार कतिपय समाजमा न्वारनका दिन बच्चाको नामांकन गर्ने प्रचलन छ । त्यसैले नै यसलाई न्वारन भनिएको हो । कतिपय समाजमा छैठीका दिन पनि नामांकन गर्ने चलन रहेको पाइन्छ । तर, यो अति कम संख्यामा अभ्यास रहेको पाइन्छ । हिन्दू र ओमकार परम्परामा हेराएर र जुराएर नाम राख्ने गरिन्छ । यसमा व्यक्ति जन्मेको नक्षत्रको आधार र त्यसको पनि पाउका आधारमा नाम राख्ने गरिन्छ । यसलाई न्वारनको नाम वा कुण्डलीको नाम वा चिनाको नामका रुपमा चिनिन्छ । कतिपयले यही नामलाई जीवनभर निरन्तरता दिन्छन भने कतिपयले आफनो बोलाउने वा कानूनी नाम अर्कै राख्ने गर्छ । विवाह मिलान, शुभ अशुभ अवस्था आदी जस्ता विषयको निर्धारण जन्म राशिका नामका आधारमा हुनेगर्छ ।नाम राख्दा ध्यान दिनुपर्ने कतिपय बाबु आमा आफ्ना भर्खर जन्मेको बच्चाको नाम के राख्ने ? भन्नेमा लामो समयसम्म अन्योलमा रहने गरेको देखिन्छ । कतिपयले त जन्मदर्ता नगर्दासम्म आफ्ना बच्चाको नाम तीन चारवटा फेरिसकेका समेत हुन्छन । जन्मदर्ता गरिसकेपछि पनि कतिपय बाबु आमा त अझ राम्रो नाम राख्न सकिएन छ भन्दै पछुताएको जस्तो देखिन्छन् । कतिपयले युनिक नाम राखिदिने नाममा अति नै असान्दर्भिक नाम राखिदिंदा ती बच्चा पछि ठूलो भएपछि आफनो नाम भन्न समेत दकस मान्ने अवस्थाबाट गुज्रने गरेको पाइन्छ ।त्यसैले आफ्ना बच्चाको नामांकन साधारण चरण नभई अति नै महत्वपूर्ण चरण भएको मनन गर्न सक्नुपर्दछ । धेरै सोच विचार गरेर, छलफलपछि र अन्योलमा नरही बच्चाको नाम राख्नुपर्दछ । भारत लगायतका देशमा त हिन्दू, मुस्लिम, इसाई आदी जस्ता धार्मिक क्याटगोरीका आधारमा बच्चाको नाम उपलब्ध हुने वेभसाइटहरु नै उपलब्ध छन् । पश्चिमा देशमा पनि यस्ता वेभसाइटहरु उपलब्ध छन् । जे होस धेरै धैर्यतापूर्वक आफ्ना केटाकेटीको नाम राख्नका लागि मातापिताले ध्यान दिन आवश्यक हुन्छ ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement