कुलमान घिसिङलाई ‘सिइओ अफ द इयर’ अवार्ड

Advertisement

काठमाडौंः पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल सिइओ समिटमा सिइओ अफ द एयरको अवार्ड नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जित्न सफल भएका छन् ।

बुधबार आयोजित कार्यक्रममा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई उक्त अवार्ड प्रदान गरेका हुन । अनलाइन भोेटिङका आधारमा घिसिङ सिइओ अफ द एयर घोषित भएका हुन ।

विजनेश प्लस टेलिभिजन र सिइओ क्लवले आयोजना गरेको सिइओ समिटमा घिसिङलाई वेष्ट सिइओ पब्लिक सेक्टर, मष्ट पपुलर सिइओ अवार्डसमेत प्राप्त गरे भने योङ सिइओ अफ द एयर अस्गर अलीले जिते । सिइओ समिटको उदघाटन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बोलेका थिए भने काँग्रेस र एमालेका युवा नेताहरु क्रमसः गगन थापा र रविन्द्र अधिकारले बोलेका थिए ।

कार्यक्रममा विभिन्न चार वटा सत्रमा मुलुकको लगानीका संभावना र आर्थिक विकासका बारेमा छलफल गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement