युएस बंगला विमान दुर्घटना: बुधबारसम्ममा २४ शवको मात्रै पोस्टमार्टम

Advertisement

काठमाडौँ: युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका ४९ जनाको शवमध्ये बुधबार साँझसम्ममा जम्मा २४ जनाको मात्रै शवको पोस्टमर्टम सकिएको अस्पतालले जनाएको छ ।

सोमबारबाटै पोस्टमार्टम थालिएका ४९ शवमध्ये बुधबार साँझ ७ बजेसम्म २४ शवको पोस्टमार्टम सकिएको फरेन्सिक विभागका उप–प्राध्यापक डा. रिजेन श्रेष्ठले जानकारी दिए ।

मृतकको लुगा, कपडा, मोबाइल र परिवारले उपलब्ध गराएको दाँत र अनुहारको आकृति, शरीरको खत, कोठी आदिको नमुनाबाट हाल शवको पहिचान भइरहेको श्रेष्ठले बताए ।

हालसम्म परिवारबाट ४३ शवको ‘एन्टिमोर्टम फर्म’ भर्ने काम भइसकेको छ ।

जसमा २० बङ्गाली र २३ नेपाली रहेका छन् । यस्तै १ चिनियाँ नागरिकको परिवारबाट ‘एन्टिमोर्टम फर्म’ भर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

सबै नमुना सङ्कलनपछि पनि शव पहिचान हुन नसके मृत शरीरको हाडको डिएनए परीक्षण गरी शव पहिचान गरिने विभागले बताएको छ ।

Advertisement

Advertisement

Advertisement