सरकारी कोषमा पैसा सकियो: महँगो ब्याजमा ऋण उठाउँदै राष्ट्र बैंक

Advertisement

काठमाडौँ: सरकारी खातामा रकमा न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ। आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता निकासा गर्दैछ। यस्तो अनुदान निकासापछि सरकारी खातामा १९ अर्ब रुपैयाँ मात्र रहनेछ।

सरकारले बुधबारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। ‘स्थानीय निकायलाई अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई आदेश दिइसकेको छ।

त्यसबाट राज्य कोषमा १९ अर्ब रुपैयाँ बाँकी रहन्छ। कोष ज्यादै न्यून भएकाले सरकारले खर्च जोह गर्न ऋण लिन लागिएको हो’, उनले भने, ‘यसका साथै चालु खर्च र परियोजनका खर्च गर्दैनन्।’

बैंकले चैत १ देखि २१ गतेसम्म नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको छ। सम्भवत केही वर्षयताकै महँगो ब्याजमा बैंकले ‘नागरिक बचतपत्र २०७९ ख’ बिक्री खुला गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरहरि थापाले बताए। राष्ट्र बैंकले बजारको प्रवृत्ति हेरेर बचतपत्रको ब्याजदर निर्धारण गर्ने गर्दछ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Advertisement

Advertisement

Advertisement