सेञ्चुरी बैंकको सीईओमा गौतम नियुक्त, बैशाख १९ बाट काम शुरु गर्ने

Advertisement

काठमाडौँ: सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तुलसीराम गौतम नियुक्त भएका छन् ।

उनको कार्यकाल २०७५ वैशाख १९ गतेबाट शुरु हुने बैंकले जनाएको छ । उनलाई नियुक्ति गरेसंगै लामो समयपछि सेञ्चुरीले सीईओ पाएको छ ।

उनले अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । नेपाल बैंकबाट जागिर सुरु गरेको गौतम नेपाल इन्भेष्टमेन्ट , नेपाल एसबीआई, माछापुच्छ्रे हुदै सेञ्चुरीमा आएका छन् ।

यसअघि अनिल केशरी शाह बैंकको सीइओमा नियुक्त भएपनि कार्यभार सम्हाल्नसअघि नै नबिल बैंकमा स्थानान्तरणमा भएका थिए ।

 

Advertisement

Advertisement

Advertisement