विमान अभाव भएको भन्दै युएस बंगलाको काठमाडौं-ढाका उडान आजबाट बन्द

Advertisement

काठमाडौँ: युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान आजबाट बन्द गरेको छ । गत सोमबार विमान दुर्घटना भएपछि विमान अभाव भएको भन्दै काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।

७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

बंगलादेशको सञ्चारमाध्यम सँगको कुराकानीमा युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभाव भएपछि केहि समयको लागि काठमाडौं ढाका उडान बन्द गरिएको बताए ।

यधपी, उनले कहिलेबाट उडान सुचारु हुन्छ यसै भन्न नसकिने बताए ।

Advertisement

Advertisement

Advertisement