हप्ताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार, कारोबार पनि बढ्यो

काठमाडौंः केही दिनयता लगातार उतराचढाव आइरहेको सेयर बजार परिसूचक नेप्सेमा हप्ताको अन्तिम दिन (विहीवार) भने दुई अंकको सामान्य सुधार देखिएको छ । आज नेप्से दुई दशमलव ४० अंकले बढेर एक हजार २८८ दशमलव ३६ अंक कायम भएको छ ।

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने निराशाजनक रहेको छ । नेप्सेमा २३ करोड बराबरका छ लाख कित्ता सेयर किनबेच भए । आज उत्पादन समूहबाहेकका सबै समूहमा सामान्य सुधार आएको छ । उत्पादन समूहमा भने २५ दशमलव नौं अंकले गिरावट आएको छ ।

nic-asia-ad

सबैभन्दा बढी होटल समूहमा ७५ दशमलव ७१, जलविद्युत समूहमा १३ दशमलव ६७ अंकका वृद्दि भएको छ । त्यस्तै सेन्सेटिभ समूहको सूचक मापन गर्ने समूहमा पनि सुन्य दशमलव ६५ अंकको वृद्दि भएको छ ।