'रियालिटी शो' गरी विजेतालाई पुरस्कार राशी नदिने विक्रम प्रहरीको फन्दामा

Advertisement

काठमाडौँ: प्रहरीले विहिबार 'रियालिटी शो' संचालन गरेर ठगी कार्यमा संलग्न भएको आरोपमा आयोजक विक्रम अछामी उर्फ भाइरस लाई प्रहरीले राज्धनिबता पक्राउ गरेको छ ।

आयोजक तथा भी एण्ड भाइरस डान्स एकेडेमी एण्ड फिल्म्स प्रालिका संचालक समेत रहेका बिक्रमले दुई सिजनको 'डान्स नेपाल डान्स' को रियालिटी शो गरेर पनि विजेताहरुलाई घोषणा गरिएको रकम तथा पुरस्कार नदिई ठगी गरेको आरोप उनलाई पक्राउ गरिएको हो । प्रहरीको अपराध महाशाखाले उनलाई आफ्नो बागबजारस्थित कार्यालयबाटै पक्राउ गरिएको हो ।

आयोजकले दुई सिजनको रियालिटी शोमा करिव ९०० जनाबाट ५०० को दरले फारम भारायेका थिए ।

थप घटना विवरण यस्तो छ:
काठमाडौँ जिल्ला धुम्बाराही-४ बस्ने बिक्रम अछामीले भी एण्ड भाइरस डान्स एकेडेमी एण्ड फिल्म्स प्रालि नामको नृत्य प्रशिक्षण केन्द्र खोली 'डान्स नेपाल डान्स' नामक टेलिभिजन रियालिटि शो पहिलो सिजन मिति २०६८ जेठ २७ गतेबाट देशभरबाट अडिसन लिएर ३०० जना सहभागी गराई र २०७३ साल साउन २६ गतेबाट सुरु भएको दोस्रो सिजनमा पनि देशभरबाट अडिसन लिई ४०० जना सहभागी जम्मा गरी प्रतिष्ठित टेलिभिजन च्यानलहरुबाट कार्यक्रम प्रसारण गराएको ।

सो कार्यक्रमको लागी प्रत्येक आवेदकसँग ५०० रुपियाँको दरले फारम शुल्क भराएको । एसएमएस र भोटिङको आधारमा विजयी छान्ने व्यवस्था गरिएको सो कार्यक्रममा पहिलो सिजनमा प्रथम हुनेलाई एक लाख, दोस्रो सिजनमा प्रथम हुनेलाई दुई लाख पांच हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई १८ हजार नगद पुरस्कार तोकिएकोर बिभिन्न ठाऊँमा जागिर समेत लगाइदिने भनेकोमा हालसम्म कुनै पनि विजेताले पुरस्कार रकम लगायत केही पनि नदिई ठगी गरी सम्पर्क बिहिन भएपछी निजलाई कारबाही गरी पाउ भनि यस महाशाखामा पिडितहरु उपस्थित भई दिएको निवेदन सम्बन्धमा अनुसन्धानको क्रममा निज बिक्रम अछामीलाई २०७४।११।३० गते काठमाण्डौ बागबजारबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि मिति २०७४।१२।०१ गते म।न।प्र। परिसर, टेकु काठमाण्डौ पठाईएको । साथै थप अनुसन्धान कार्य जारी रहेको । यही सम्बन्धमा अन्य कोही पिडितहरु भएमा यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध ।

Advertisement

Advertisement

Advertisement