ह्वावेको ‘नोभा टुआई’ चार महिनामै ५० हजार भन्दा बढी बिक्री भएको दाबी

Advertisement

काठमाडौंः नेपालमा नोभेम्बरमा लन्च भएको ह्वावेको ‘नोभा टुआई’ मोबाइल फोन लञ्च भएको चार महिनामै सार्वधिक बिक्री भएको छ । कम्पनीका अनुसार उक्त मोबाइल फोन लञ्च भएको करिब चार महिना भित्र ५० हजारको संख्यामा बिक्री भएको हो ।

साथै, कम्पनीले नोभा टुआई ह्वावेको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको जनाएको छ । ग्राहकले नोभा टुआईलाई फोटोग्राफी र शानदार फुलभ्यु डिस्प्ले भएको मोबाइलफोन भनेका छन् । ग्राहकहरुले ह्वावेको नोभा टुआईको दुवै तर्फ भएको डुअल क्यामराहरुलाई निकै मन पराइएको छ ।

उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ प्mल्यास रहेको छ । मोबाइलमा अगाडी भाग र पछाडी भागमा गरी चार वटा क्यामरा, स्लीम बेजेल डिस्प्ले रहेको छ । यस मोबाइल फोन सबै समकालीन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै नेपाली बजारमा आफ्नो विधामा सर्वाधिक बिक्री भएको स्मार्टफोन बनेको कम्पनीले बताएको छ ।

स्मार्टफोनमा पछि फोकस गर्न मिल्ने फिचर, वाइड एपेचर मोड, अटो र म्यानुयल फोकस फिचर जस्ता डीएसएलआर क्यामरामा हुने अत्याधुनिक क्यामरा सेटिङहरु छन् ।

Advertisement

Advertisement

Advertisement