नयाँ वर्षमा बजाजको ‘बजाज युगारम्भ’ योजना घोषणा

Advertisement

काठमाडौंः बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७५ को लागि नयाँ योजना ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारा सहित बजाजले नयाँ योजना शुरु गरेको हो ।

नयाँ बर्षमा कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेर विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रबाह हुने कम्पनीले जनाएको छ । ‘बजाज युगारम्भ’ नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने बताइएको छ ।

यो अभियानका विशेषताहरुमा ‘७५ हजार रुपियाँ स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७५ सय रुपियाँ छुट पाउनेछन् । साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपियाँ हरेक दिन जित्न सक्ने छन् ।

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएको र सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको बताए ।

Advertisement

Advertisement

Advertisement