आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सेवा सुरु

Advertisement

काठमाडौंः नेपालस्थित आइएमई र भारतस्थित मुथुत फाइनान्सले विहीवारदेखि यही नेपाल – भारत रेमिटेन्स सेवा शुरुवात गरेका छन् । सेवा सुरुभएसँगै भारतमा रहेका लाखौँ नेपालीले मुथुत फाइनान्सका भारतमा रहेका चार हजार ६ सय वटा शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

भारतबाट पठाएको रकम नेपालमा रहेका आइएमईका सात हजार एक सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् । भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भमा मुथुत फाइनान्स प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक केआर बिजिमोन र आइएमई ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायतका संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरूले सहजरुपमा पैसा नेपाल पठाउन सक्ने बताए ।

आइएमईका सुभास तमाङले आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आए नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए । उनले आइएमई र मथुतबीचको सहकार्यले इण्डो–नेपाल रेमिटेन्स सेवालाई थप विविधिकृत बनाउन ठूलो मदत पुग्ने बताए ।

आइएमई र मुथुत फाइनान्सबीच गत मङसिरमा रेमिटेन्स सम्झौता भएको थियो । मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक केआर बिजिमोन र आइएमईका प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement