'क्लाइन्टको आवश्यकता र क्षमताअनुसार सबै ‘इभेन्ट’हरु हामी गर्छौंः निता पौडेल'

Advertisement

पछिल्लो समय मानिसहरुको जीवनशैलीमा आएको परिवर्तन, कार्यव्यवस्ताले गर्दा इभेन्ट म्यानेजमेन्टको अवधारणा फष्टाउँदै गएको छ । पारिवारिकदेखि सामाजिक र अफिसका विशेष कार्यक्रमहरु पनि इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत गराउँदा कार्यक्रम छिटो छरितो सम्पन्न हुने, खर्च पनि कम हुने र आफू झन्झटबाट पनि मुक्त हुन सकिन्छ । नेपालमा इभेन्ट म्यानेजमेन्टको समस्या र संभावना वेलकम इभेन्ट म्यानेजमेन्टकी कार्यकारी निर्देशक निता पौडेलसँग केही दिनअघि कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रम कर्पोरेट नेपालमा गरिएको कुराकानीको सारः  इभेन्ट म्यानेजमेन्ट नयाँ क्षेत्र हो । तपाईंले यो फरक विधा, नयाँ विधालाई रोज्नुको कारण के हो ? यसलाई रोज्नुको कारण के थियो भने मैले पहिले श्रीमानको वेलकम मार्केटिङ एण्ड एडभरटाइजिङमा फाइनान्सियल काम गर्थें । त्यहाँ विभिन्न कर्पोरेट इभेन्ट, प्रडक्ट लञ्च गर्दै आएका थियौं । त्यस्ता प्रकारका काम गर्दा अनुभवका साथै फरक सोच आयो । मनमा भिन्न खालको योजना आयो । एउटा सामाजिक इभेन्टहरु पनि हामी गर्न सक्छौं । तर त्यसको डिमाण्ड कतिको छ ? भनेर बजारमा सर्भे गर्यौं । पास्नी, ब्रतबन्ध, विहे जस्ता कार्यहरु पनि गर्ने कम्पनी भए हुन्थ्यो भन्ने पब्लिकको कन्सेप्ट आयो र हामीले यो काम अघि बढाएको हो । वेवी सावर, व्राइडल सावर भन्ने छ । त्यो पनि हामी गर्न सक्छौं । हाम्रो मार्केटमा यो पनि भइदिए हुन्थ्यो भन्ने मानिसहरुको इच्छा देखियो । विदेशमा त छ । भारतमा पनि छ । यहाँ पनि भइदिए हुन्थ्यो भन्ने खालको कुराहरु आएपछि इभेन्ट म्यानेजमेन्ट काममा विचार आयो । फेरि एउटै कल्चर, एउटै कास्टको मात्र गरेर पनि भएन, इन्डियन कल्चर, राई, लिम्बु, नेवार लगायत सबै कल्चरको स्टडी गर्यौं । आजभन्दा सात वर्ष पहिले वेल्कम इभेन्ट म्यानेजमेन्टको स्थापना गरियो । वेल्कम इभेन्टले त सबै प्रकारका सामाजिक इभेन्ट गर्छ । यसको विङस पनि खोलेका छौं छुट्टै । यसको विङस भनेर वेलकम विडिङ स्थापना गर्यौं । वेलकम इभेन्टले चाहीं सबै प्रकारका कार्यक्रम गर्छ ।

Advertisement

नेपालमा इभेन्ट म्यानेजमेन्टको काम सुरु गर्ने तपाईंहरु पहिलो हो ? नेपालमा कसरी भित्रियो यो कन्सेप्ट ? यो नेपालमा ल्याएको हामीले नै पहिलो हो । यो त नेपालमा ल्याउन त एकदम गाह्रो थियो । कल्चर पनि सबैको जान्न पर्यो हैन ? आफ्नो घरको छोरा छोरीको विहे गर्न त गाह्रो पर्छ । कति जनाको सरसल्लाह चाहिन्छ । म्यानपावर चाहिँन्छ । यो त दुनियाँको छोरा छोरीको विहे गराउने काम । यो त एकदम रिस्की काम हो । तर पनि हामीले इन्जोय गरेर काम गर्यौं ।
अहिले त काठमाडौंमा मात्रै यो बढी केन्द्रीत देखिन्छ । यसलाई काठमाडौं पनि विस्तार गर्ने र विज्ञापन उद्योग जस्तो छुट्टै उद्योगको रुपमा विकास गर्न सकिने संभावना कत्तिको छ ? इभेन्ट म्यानेजमेन्टलाई दिने काम अहिले त सबैले बुझनु भइसक्यो । पहिला पहिला चाहीं मिडियम क्लासका मानिसहरुले इभेन्टलाई दिँदा हाम्रो बजेटले इर्फोट गर्दैन की भन्ने सोच्नुहुन्थ्यो । तर, त्यो नसोच्नुहोस । किनकी हामीसँग गर्दा क्लास अनुसारको प्लान बनाइदिन्छौं । मिडियम क्लासकालाई त्यही अनुसारको र हाई क्लासकालाई त्यही अनुसारको । उहाँहरुले टेन्सन फ्रि । रिजनेबल कस्टमा हामी काम गरिदिन्छौं । हाम्रो सर्भिसमा वेडिङ इन्गेजमेन्टदेखि हनिमुनसम्मको प्याकेज छ । फ्यामिली डान्स, डिजे, स्वयम्बरको पनि सम्पूर्ण तयारी गछौं । इन्भिटेसन कार्डको छपाई, साउण्ड सिस्टम, ट्रे, पनि तयार पाछौं । बिहेमा जति चिज चाहिँन्छ नि हामी सबै काम गछौं । खानादेखि लिएर क्लाइन्टको रिक्वायरहरु हामी सबै गछौं । सबै प्याकेज हामीसँग छ ।

इभेन्ट म्यानेजमेन्ट गर्ने कुरा सोसियल इभेन्ट बढि हुन्छ कि कर्पोरेट इभेन्टहरु । कुनको डिमाण्ड बढि छ ? सबैको डिमाण्डहरु हुन्छ । अहिले त सबैको विजनेसलाई माथि पुर्याउन पर्नेछ । कति जनाले प्रडक्ट लञ्च गर्नुभएको हुन्छ । त्यसलाई मार्केटिङ गर्नुपर्ने हुन्छ । प्रडक्ट लञ्च भनेको पनि एक किसिमको मार्केटिङ नै हो । प्रडक्टको नामाकरणदेखि लिएर त्यसलाई बनाउने र मार्केटमा ल्याउनेसम्मका काम हामी गर्छौ । अहिले त ब्रतबन्ध र वेडिङको सिजन छ । त्यसैको माग धेरै छ ।
जस्तो तपाईंको कम्पनीलाई कार्यक्रम व्यवस्थापनको जिम्मा दिँदा सेवाग्राहीलाई के के कुरा फाइदा हुन्छ ? इभेन्ट म्यानेजमेन्टमा कत्तिको ट्रस्ट गर्छन सेवाग्राहीले ? ट्रस्ट त छ नै । आजको दिनसम्म हामीले गर्यौं होला ५०–५५ वटै इभेन्ट । वेडिङ, ब्रतबन्ध सबै गरेर यो आठ वर्षको अवधिमा । ट्रस्टकै कारणले भनौं न । त्यसमा म तपाईंलाई एक दुईटा उदाहरण दिन सक्छु । जस्तो हामीले दिपक मल्होत्राको पहिला छोरीको वेडिङ गरेका थियौं । त्यसकारण पछि ट्रष्टकै कारणले गर्दा अहिले दिकेश मल्होत्राको पनि हामीलाई नै दिनुभयो । अब जस्तो डा. चन्दा कार्कीको फस्ट छोरीको हामीले गरेका थियौं । ट्रस्टकै कारणले होला सेकेण्ड छोरीको पनि हामीलाई नै दिनुभयो । हाम्रो काममा फेरि धेरै ट्रान्सपरेन्सी हुन्छ । बिलिङ अनुसार काम गछौं र विल क्लाइन्टलाई दिन्छौं । विश्वव्यापी रुपमा लिइने सर्भिस चार्ज १७.५ मात्रै हो हाम्रो इन्कम । अरु कुनै पनि छैन् ।अर्को कुरा काठमाडौंको मान्छेले पोखरा कार्यक्रम गर्नुपर्यो भन्यो भने गर्नुहुन्छ कि हुन्न ? मिल्छ कि मिल्दैन ? डेफिनेट्ली त्यो गर्न मिल्छ । र हामीले गरेका पनि छौं । काठमाडौंमा गर्नु र बाहिर गर्नुमा फरक पर्छ । ट्रान्सर्पोटे्शन । डेकोरेशन गर्नुपर्यो । म्यानपावर बढ्यो । साथै, कतिले सबै काठमाडौंको ल्याउने भन्नुहुन्छ । ब्याण्ड बाजादेखि लियर सम्पूर्ण काम गर्दा कस्ट अवश्य बढ्छ । क्याटरिङको खर्च बढ्छ । किनकी काठमाडौंमा लोकल गर्न र बाहिर जाँदा कस्ट अवश्य पनि बढ्छ । तर, हामी गछौं । गरेका छौं ।यो इभेन्ट म्यानेजमेन्ट नयाँ खालको विजनेस । नयाँ क्षेत्र हो । यसका लागि कुनै किसिमका नियम कानुनहरु बनेको छ र ? कतिको आवश्यक छ कानुन ? यसको लागि छुट्टै नियम कानुन चाहीं बनेको छैन । ऐन नियम हुन जरुरी छ । मानिसले जस्तोसुकै काम गर्दा पनि आवश्यक पर्छ । जेमा पनि नियम कानुनको आवश्यक पर्छ । नियमभित्र बसेर आफ्नो दायरामा बसेर काम गर्न पाउँदा छुट्टै किसिमको मज्जा हुन्छ । ट्रान्सपरेन्ट पनि हुन्छ । इभेन्टमात्र हैन कि जस्तो काममा पनि उचित नियम कानुन आवश्यक पर्छ ।एउटा व्यक्तिलाई कुनै कार्यक्रम गर्नुपर्यो वा पार्टी गर्नुपर्यो भने वेलकमलाई कति दिनअघि भन्नुपर्छ ? भन्नाले कति दिन लाग्छ तयारीका लागि ? करिब एक महिना । २०–२५ दिनअघि भनिसक्नुपर्छ । एटलिस्ट १५ दिन अगाडि त भन्नुपर्छ । किनकी मैले अगाडि पनि भने । हामीले पनि सबै आफैं गर्ने हैन । भोलुन्टियर खटाउनुपर्छ । सिजनको बेला त प्याक भएको हुन्छ । हामीले पनि भेन्डरलाई बुक गराउनुपर्ने हुन्छ । हुन त छ हामीसँग । काम गरिरहेकाले उनीहरुले वेलकमलाई प्राथमिकता दिन्छ । तर, उनीहरुले अरुतिर फाइनल गरेको भए गाह्रो हुन्छ । त्यो भएर समयमा भन्यो भने हामीलाई काम गर्न सहज हुन्छ ।अहिले हामी अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छौं । नारीहरुलाई विशेषगरी हरेक क्षेत्रमा चुनौती छ । धेरै समस्याहरु छ । एउटा महिला व्यवसायी भएको नाताले महिला व्यवसायीहरुलाई व्यवसायिक क्षेत्रमा कतिको चुनौती छ ? कतिको सहज, असहज के देख्नु भएको छ ? महिलाहरुलाई असहज त अलिकति असहज नै छ । महिलाले काम त धेरै नै गर्छन् । विहान चाँडे उठेर, राती पनि काम गर्छन् । उनीहरुले रात बिहान धेरै खटेर काम पुरुषको भन्दा बढी गर्छन । आफूले पाएको जिम्मेवारी सकेर मात्र फर्किन्छन् । बेलुका रातिसम्म बस्दा रिस्क हुन्छ । त्यस्तो सिचुयसनमा पनि जेन्सहरुलाई जस्तो आफैं ड्राइभ गर्ने अवसर मिलेको छैन् । आफैं गाडी ड्राइभ गर्ने, आफैं आउने भन्ने जेन्सहरुमा छ भने महिलामा त्यो छैन । अहिलेको युगमा पहिलाको जस्तो त अहिले छैन । तर पनि रातिसम्म बसेर काम गर्दा महिलालाई रिस्क छ । यसले चाँही फरक पार्छ ।फेरि इभेन्ट म्यानेजमेन्ट कै कुरा गर्दा सर्भिसमा गुणस्तरको कुरा आउँछ । तपाईंहरुले गुणस्तरीय सेवा प्रवाहमा कतिको ध्यान दिएको छ ? गुणस्तरीयतामा त हामीले सतप्रतिशत नै इफोर्ट लगाउनुपर्छ । जस्तो खाना कै कुरा गर्दा क्याटरिङहरु नै प्रयोग गर्ने हो । हाम्रो आफ्नै क्याटरिङ छैन । त्यसकारण ग्राहकको डिमाण्ड अनुसार विर्यानी राम्रो बनाउने क्याटरिङसँग, रावडी राम्रो भएको क्याटरिङसँग पनि फरक फरक क्लाइन्टको डिमाण्डअनुसार खानाहरु बनाइन्छ । हाम्रो इभेन्टमा खानाको लागि राम्रो क्वालिटी छ । त्यसकारण मुख्य त विदेश बस्ने नेपालीहरुले नेपालमै आएर कम्तिमा एक जना छोरा वा छोरीको विहे गरौं भन्ने खाल्को सोच बनाएर आउँछन् । विदेशबाट नेपालमा आएर इभेन्ट गर्नेहरुको लागि त खाना एकदम हाइजिनिक गर्नुपर्छ । हामीले तरकारीहरु सधै मिनिरल वाटरले धुन्छौं । एक पटक प्रयोग गरिएको तेल घ्यु रियुज गदैनौं । कसरी मिठो र गुणस्तरीय खाना खुवाउँन सकिन्छ भनेर विभिन्न टीम बनाएर राख्छौं । इभेन्टले बनाएको टीम यति अलाउड भएर बस्नुपर्छ कि त्यसले पनि क्लाइन्टलाई प्रभाव पार्ने खालको । यस्तो कुरामा धेरै ध्यान दिनुपर्छ । हामी सफल पनि भएका छौं । क्लाइन्टले भन्नुहुन्छ हाम्रो अरु पार्टिमा गएर खाएको बेला पेट बिग्रिन्छ, तपाईंको पार्टिमा आएर खाएको बेला केही पनि हुदैँन । पानी राम्रो प्रयोग गरेपछि त खाना हाइजेनिक भइहाल्यो नि ।यस क्षेत्रका लागि सरकारले गर्नुपर्ने कुराहरु चाहीं के के हुन ?यसलाई एक्सपाण्ड गर्नको लागि त सबैको सहयोग चाहियो । सरकारले पनि यस क्षेत्रलाई मर्यादित र व्यवस्थित राख्नको लागि नियम कानुन, बनाइदिए काम गर्न सजिलो हुन्थ्यो । तर, हामीले केही दिन पहिले इभेन्ट गरौं पुलिस क्लबमा । दुलहीको चाहनाहरु यस्तो छ भनेकोले सोहीअनुसार हामीले गर्यौं । हामीले जस्ताकोतस्तै बनाइदियौं । फोहोर केही गर्दैनौं । हामी पहिलाको जस्तै अवस्थामा ल्याइदिन्छौं भनेपछि पुलिस क्लवले पनि दिनुभयो । उहाँको चाहनाअनुसार गछौं भनेपछि डान्स कटेज पनि बाहिर गार्डेनमै बनाएर गर्यौं । इभेन्ट गर्ने कुराका लागि तीन चार पटक धाउनुपर्यो । सर्टेन क्राइटेरियामा बसेर काम गर्नुपर्दा धेरै गाह्रो भएको थियो । तर, धेरै सफलता पायौं । अब सरकारले यो पेसामा पनि सहयोग गरेर दायरा तोकिदियो भने काम गर्न झन सजिलो हुनेथियो ।

Advertisement

Advertisement