देवः विकास बैंकको पोखरा शाखा कार्यालय सञ्चालनमा

Advertisement

काठमाडौंः देवः विकास बैंकको पोखरा लेखनाथ महानगरपालिका– ८ चिप्लेढुंगामास्थित नवनिर्मित पोखरा शाखा कार्यालय सञ्चालनमा आएको छ । एक समारोहबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले उदघाटन गरे ।

कार्यक्रममा सिवाकोटीले देश नयाँ परिवेशमा प्रवेश गरेकोले अबका दिनमा विकास निमार्णमा तीब्रता आउने र बैंकहरुको यसमा अहम भूमिका हुने बताए । उनले बचतका लागि प्रत्येक नेपालीहरुलाई खाता खोली कारोबार गर्न बैंकहरुले उत्प्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा संचालक समितिकावरिष्ठ संचालकएवं सभाका सभापतिश्री बज्र गुरुङ्गज्यूले सम्पूर्ण अतिथिज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै यस क्षेत्रकाआर्थिक सम्बृद्धिका लागीलगानी र अवसर सिर्जना गरिने विश्वास दिलाउनु भयो ।

बैंकका सञ्चालक बज्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ सेवा प्रदानका साथै आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, पोखरा क्षेत्रीय कार्यालयका व्यवस्थापक पोमनाथ गौतमले नवनिर्मित कार्यालयबाट अझ उत्कृष्ट सेवा प्रदान गर्न देवः विकास बैंकलाई आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement