पशुपालनबाट मासिक एक लाख आम्दानी

Advertisement

जितपुरः वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्दैआएका छन् । चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्किएका हुन् ।

उनले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आएका छन् । कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अङ्गाल्नुभएको हो । उनले १५० वटा बाख्राबाट व्यवसाय थालेका हुन् ।

हाल उनले २२ वटा भैँसी र गाईसमेत पालेका छन् । बाख्रापालनबाट वार्षिक तीन लाख रुपियाँदेखि चार लाख रुपियाँसम्म आम्दानीे गरिरहेका छन् । उनले दूध बेचेर मासिक ७० हजार रुपियाँदेखि ८० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको बताए ।

तीन बिघा पाँच कट्ठा जमिनमा उनले पशुपालन गरेका छन् । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उनको छ । उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा गिरी छन् । उनले व्यवसायमा अहिलेसम्म ५५ लाख रुपियाँ लगानी गरिसकेका छन् ।

विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषि व्यवसायमा हात हालेको उनले बताए । गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement