एनआइसी एसिया बैंकको कामु सिइओमा रोशन न्यौपाने नियुक्त

Advertisement

काठमाडौंः एनआईसी एसिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।

उक्त बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका सहायक सीइओ न्यौपानेलाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

तत्कालीन बैंक अफ एसियाबाट प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआइसी एसियालाई अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ सेवामा उत्कृष्टता हासिल गर्न सफल हुने एनआइसी एसियाले विश्वास लिएको छ । आजैको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत गरेको छ ।

Advertisement

Advertisement

Advertisement