गोकर्ण बिष्टले भने : वैदेशिक रोजगार समस्याका सम्बन्धमा केहि दिनभित्रै महत्वपूर्ण निर्णय लिन्छु

Advertisement

काठमाडौं: नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागी आफु कटिवद्ध ढंगले अघि बढ्ने बताएका छन् ।

तत्कालै कुनै निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुभन्दा पनि सबै कुरा बुझेर र समय लिएर आफू अघि बढ्ने मन्त्री बिष्टको भनाइ थियो । मन्त्री बिस्टले श्रम, बैदेशिक रोजगार र सामाजिक सुरक्षा को बिषयमा महत्वपूर्ण र तथ्यगत निर्णय लिने दावी गरे ।

शुक्रवार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री बिष्टले बैदेशिक रोजगारीसँग सम्बन्धित समस्यालाई समाधान गर्न कुनै कानूनी र नीतिगत समस्या नरहने पनि बताए ।

यसअघि उर्जा मन्त्री बनेका बेला बिजुलीको महशुल नतिर्ने ग्राहकको लाइन काटेर चर्चामा आएका बिष्टले यसपटक पनि वैदेशिक राजगारी, श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिने गरी काम गर्ने बताए ।

वैदेशिक रोजगारमा देखिएको समस्यालाई समाधान गर्न व्यवस्थित कार्ययोजना ल्याउने मन्त्री बिष्टले घोषणा गरे ।

Advertisement

Advertisement

Advertisement