विश्वकप क्रिकेट छनोट: नेदरल्यान्ड्सको नेपाललाई १९० रनको चुनौती पेश (अपडेट)

Advertisement

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं तथा अन्तिम खेलमा नेदरल्याण्ड्सले नेपालसामु ५० ओभरको खेलमा १९० रनको चुनौती पेश गरेको छ । टस हारेर फिल्डिङमा उत्रेको नेपालले पहिलो इनिङमा सोमपालकामिले ४ विकेट, सन्दीप लामिछाने र ललित राजबंशीले समान दुई/दुई विकेट लिएका थिए । अन्तिम ओभरमा शक्ति गौचनले एक विकेट लिए ।

नेपालले मध्यक्रममा आएर त्याति छिटो विकेट गिराउन नसक्दा नेदरल्यान्ड्सले औसतभन्दा राम्रो रन बटुल्न सकेको हो ।

काठमाडौँ: जारी नेपाल र नेदरल्यान्ड्सवीचको खेलमा २१ ओभरको खेलसम्म आइपुग्दा नेदरल्यान्ड्सले ४ विकेटको क्षतीमा ६१ रन बनाएको छ । नेदरल्यान्ड्सलाई न्युनतम रन रेटमा समेट्न सोमपाल कामीले तीन विकेट र सन्दीप लामिछानेले हालसम्म एक विकेट लिएका छन् ।

विश्वकप क्रिकेट छनोट: नेपाल टस हारेर फिल्डिङ गर्दै, सोमपालले लिए दुई विकेट

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं तथा अन्तिम खेलमा नेदरल्याण्ड्सबिरुद्ध अहिले नेपालले टस हारेर फिल्डिङ गर्दैछ ।

छ ओभरको खेल चलिरहँदा नेपालका फास्ट मिडियम बलर सोमपाल कामीले दुई विकेट लिसकेका छन् । नेदरल्यान्ड्स अहिले छ ओभरमा १० रङ बनाएर खेलिरहेको छ । आजको खेलले दुई टोलीबीच को सातौँ स्थानमा रहने भन्ने तय गर्नेछ ।

Advertisement

Advertisement

Advertisement