नेपाल लाईफको साधारण सभा चैत २८ मा, ४२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित हुँदै

Advertisement

काठमाडौंः नेपाल लाईफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले यही चैत २८ गते (बुधवार) वीरगंजमा हुने १८औं बार्षिक साधारण सभामा उक्त परिणामको बोनस सेयर प्रस्ताव पारित गर्ने भएको हो ।

चैत १ गते बसेको संचालक समितिको २६४औं बैठकबाट साधारण सभाको मिति तोकेको थियो । कम्पनीले ८ करोड ८३ लाख २९ हजार ७००८ रुपियाँ (प्रस्तावित बोनस सेयर तथा नगद लाभांस बापतको कर सहित) नगद लाभांस वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । संचालक समितिको बैठक भत्ता सुविधा र रिक्त संचालक पदहरुको बाँकी कार्यकालका लागि नियुक्ति गरिने बताइएको छ ।

साथै, साधारण सभामा कम्पनीको पूँजीलाई बढाएर आठ अर्ब पुर्याउने प्रस्ताव पनि पारित हुने जनाइएको छ । सर्वसाधारण सेयरको हाल कायम ७०ः३० को अनुपातलाई परिर्वतन गरेर सर्वसाधरण सेयर अनुपातमा ६०ः४० प्रतिशत कायम गर्ने लगायतको प्रस्ताव गरिने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement