धरहरा बनाउन स्थानीयको दबाबमूलक अभियान, लाखौंको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइँदै

Advertisement

काठमाडौंः स्थानीय वासिन्दाहरु मेरो धरहरा मै बनाउँछु अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमूलक अभियानमा लागेका छन् । धरहरा आसपासका वासिन्दाहरुले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम बनाएका छन् ।

हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौं  भन्ने व्यानरसहित हस्ताक्षर संकलन भइरहेको छ । उनीहरुले धरहरा आफै बनाउने अभियानमा ५१ हजार १०१ रुपियाँ पनि जम्मा गर्ने कार्यक्रम रहेको छ ।

खिचापोखरी युवा क्लबसहित स्थानीयहरु मनोज राणा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति बनाएर अभियान अगाडि बढाइएको छ । धरहरा बनाउने प्रतिवद्धतासहित शिलन्यास नभए दबाबमूलक कार्यक्रम चरणबद्धरुपमा अघि बढाउने अभियानका अगुवाहरुले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement