सेयर बजार अझै लयमा फर्किएन, विमान दुर्घटनाको प्रभाव होटल समूहमा कायमै

Advertisement

काठमाडौंः लगातारजसो ओरालो लाग्दै आएको सेयर बजारमा आइतबार पनि सुधार आउन सकेन । सेयर बजार परिसुचक नेप्से आज नौ दशमलव ४० अंकले घटेर एक हजार २८९ कायम भएको छ ।

कारोबार भने गएको बिहीबार भन्दा करिव सात करोडले बढेर ३० करोड रुपियाँको सेयर किनबेच भएको छ । यद्यपि यो कारोबार सन्तोषजनक भने होइन । दोहोरो अंकले गिरावट हुँदै आएको सेयर बजारलाई लयमा फर्काउन नेपाल इन्भेस्टर्स फोरमलगायतले पहल गरेपछि पछिल्लो समयमा केही सुधार आए पनि अपेक्षाअनुसार बजार बढन सकेको छैन ।

आज होटल र जलविद्युत समूहमा भारी भएको छ भने बाँकी समूहमा सामान्य गिरावट छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमानको दुर्घटनापछि होटल समूहको गिरावट तीब्र भएको छ । आज पनि यो समूहको उपसुचक तीन दशलव ६८ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको गिरावट दुई दशमलव ११ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement