माइक्रोम्याक्सको दुई नयाँ स्मार्टफोन नेपाली बजारमा

Advertisement

काठमाडौंः माइक्रोम्याक्सले ब्राण्डले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजारमा ‘एक्स ४०९’ र ‘क्यु ३५३’ स्मार्टफोन सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको स्मार्टफोन ‘एक्स ४०९’ मोडलमा १.८ इन्चको स्कृन, फ्रन्ट र रियर क्यामेरा रहेको छ । फोनमा दुई वटा सिमकार्डको प्रयोग, आठ सय एमएचको ब्याट्री, रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको कम्पनीले जनाएको छ ।

सार्वजनिक भएको फोनको हालको बजार मूल्य १० हजार २५ रुपियाँ रहेको छ ।

‘क्यु ३५३’ मा १.३ गिगार्हज क्वाड कोर, ५ इन्चको एचडी डिस्प्ले, दुई हजार एमएचको ब्याट्री प्रयोग भएको छ । एक जिबी ¥याम र आठ जिबी रोम फोनमा रहेको छ । यसको बजार मूल्य छ हजार ८२० रुपियाँ पर्छ ।

Advertisement

Advertisement

Advertisement