एनआइसी एसिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले म्याक्स मनीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटान्सको सुरुवात गर्ने भएको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनीसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट गत फागुन ११ गते स्वीकृतिसमेत प्राप्त गरेको छ ।

बैंकले राष्ट्र बैंकको स्वीकृति प्राप्त भएसँगै रेमिटान्स कारोबार सुरु गर्न लागेको जनाएको हो । म्याक्स मनीको मलेसियास्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एसिया रेमिटमार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र चार हजार छसयभन्दा बढि सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement