त्रिभुवन विमानस्थलबाट भोलिदेखि आयात निर्यात सुचारु हुने

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयातनिर्यात सोमबारदेखि सुचारु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको टोली र पर्यटनमन्त्री सहमति भएपछि आयातनिर्यात सुचारु हुने भएको हो ।

चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले आइतबारसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई भेटेर गरिएको सहमतिअनुसार प्रबन्ध शुल्क लिएर वन्द आयातनिर्यात सुचारु गर्न लागिएको हो ।

मल्लको नेतृत्वमा चेम्वर कार्यसमिति सदस्य एवं भन्सार सभापति निरज राई, नेफाका सभापति प्रकाश सिंह कार्की, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष विष्णुमणि खनाललगायतको सहभागी रहेको टोलीसँंग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाए ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट आयात निर्यात गरिने मालसामानहरुको कार्गो प्रवन्ध शुल्क वृद्धि गरिएपछि व्यवसायीहरुले विरोधस्वरुप चैत १ गते विहीबारदेखि आयातनिर्यात ठप्प पार्दै आएका थिए ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट यही चैत्र १ गतेदेखि लागु हुने गरी सूचना जारी गरेर शुल्क बृद्धि गरेको थियो । यस सम्वन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुर सम्वन्धी उपसमितिका संयोजकलाई सुझावहरु प्रस्तुत गरेअनुसार शुल्क कायम गर्ने मौखिक सहमति भएको चेम्बरले जनाएको छ ।

नेपालको निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरिएको र प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्र्यि वजारमा नेपाली मालवस्तुको प्रतिस्पद्र्धात्मक क्षमतामा हस हुने भइ व्यापार घाटा अझ बढ्न जाने चेम्बरले जनाएको छ ।

उक्त शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दुरगामी नकारात्मक प्रभाव पर्ने र आमउपभोक्तालाई पनि असर पर्ने व्यवसायीको भनाई छ । निजी क्षेत्रको सुझाव प्रतिवेदनलाइ समेटी समय सापेक्ष सुधार गर्न सरोकारवाला सबै निकायहरुलाई आग्रह गरिएको चेम्बरले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement