गौतमबुद्ध विमानस्थलमा यति एयर दुर्घटना, यात्रुहरु भने सकुशल

Advertisement

बुटवलः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सेवाको विमान दुर्घटनाको घटना सेलाउन नपाउँदै भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ ।

विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहे पनि विमानमा भने क्षति भएको छ । विमानस्थलमा अवतरणका क्रममा रनवेका चक्का बन्द भएर विमान दुर्घटनामा भएको जनाइएको छ ।

विमान काठमाडौंबाट आएको हो । रन वे मा गुडिरहेका बेला चक्का लग भएपछि दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।

Advertisement

Advertisement

Advertisement