सूर्या लाईफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै

Advertisement

काठमाडौंः सूर्या लाईफ इन्स्योरेन्सको गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयरपछि कायम भएको पूँजीको ४० प्रतिशत हकप्रद सेयर आउने भएको छ । इन्स्योरेन्सले १० बराबर ४ को अनुपातमा चुक्ता पूँजीको ४० प्रतिसत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले नेपाल धितो पत्र र्र्बोडमा हकप्रद निष्कासनको लागि गत पुस २४ गते निवदेन दिएको थियो । इन्स्योरेन्सलाई सेयर निष्कासनको स्वीकृती र्बोडले यही चैत १ गते अनुमति दिएपछि बिक्री खुला गर्ने भएको हो । बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउनलाई इन्स्योरेन्सले सय रुपियाँ अकिंत २८ लाख ८७ हजार ५०० कित्ता सेयर बिक्री गर्न स्वीकृती पाएको छ ।

हाल ७२ करोड १८ लाख ७५ हजार रुपियाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद सेयर निष्कासनपछि एक अर्ब एक करोड रुपियाँ पुग्नेछ । बीमा समितिले तोकको नयाँ नियमअनुसार कम्पनीले २०७५ सम्म चुक्ता पूँजी दुई अर्ब पुर्याउन पर्छ ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

Advertisement

Advertisement

Advertisement