काठमाडौंः त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुघर्टनामा परि ज्यान गुमाएका बंगलादेशी नागरिकलाई सोमबार दिउँसो तीन बजे स्वदेश लगिने भएको छ । बंगलादेशी दुतावासका अनुसार दुर्घटनामा ज्यान गुमाएका २३ नागरिकलाई उनीहरुलाई नमाज ए जनाजा (मुस्लिम संस्कारमा गरिने श्रद्धाञ्जली) दिएपछि देश लग्ने तयारी भएको हो ।
मृतकको शव लैजान बंगलादेशको वायु सेनाको विमान काठमाडौं आइसकेको छ । शव लगेर बंगलादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बताइएको छ । मृतकहरुको शव दिउँसो तीन बजे ढाकामा पुर्याइने र ४ बजे सैनिक रंगशालामा राखिने छ ।
श्रद्धाञ्जलीपछि मात्र शव आफन्तलाई दिइने छ । विमान दुर्घटनामा परेर चालक दलका चार जनाको समेत मृत्यु भएको थियो । साथै, ३३ नेपाली, ३२ बंगलादेशी, चिनीयाँ र मााल्दिभ्सका एक एक नागरिकको ज्यान गएको थियो ।