सेयर गिरावटमा होटल र जलविद्युत क्षेत्रका कम्पनीहरु अगाडि

Advertisement

काठमाडौंः सेयर बजारमा गिरावट सोमबार पनि जारी रह्यो । सेयर बजार परिसुचक नेप्से आज आठ दशमलव ४४ अंकले घटेर एक हजार २७० दशमलव ५२ अंक कायम रह्यो भने कारोबार पनि झण्डै तीन करोड रुपियाँले घटेर २६ करोड ६२ लाखमा सीमित रह्यो ।

सेयर बजारमा निकै गिरावट हुँदा लगानीकर्ताहरु सेयर बिक्री गर्न अनिच्छुक हुँदै आएका छन् । आज सबैभन्दा बढि होटल र जलविद्युत समूहका लगानीकर्ताले घाटा सहनुपर्यो । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाको प्रभावले होटल समूहले भारी गिरावट कायमै छ ।

आज होटल समूहको उपसुचक एक दशमलव ७५ प्रतिशतले घटेको छ भने जलदविद्युत समूहको उपसुचक एक दशमलव ४५ अंकले घटेको छ । व्यापार समूहमा केही सुधार देखिए पनि बाँकी समूहको उपसुचक भने एक प्रतिशतभन्दा कमले गिरावट छ ।

Advertisement

Advertisement

Advertisement