‘युवा जागरण अभियान’ अब पूर्वीतराईतर्फ– पौडेल

Advertisement

काठमाडौंः चिन्तन पौडेलको नेतृत्वमा काँग्रेसको युवा समूहले अघि बढाएको देशव्यापी ‘युवा जागरण अभियान’ अब पूर्वी तराईका जिल्लाहरुमा लक्षित गरिने भएको छ । अभियानका संयोजक पौडेलका अनुसार अबका केही दिन तराईका जिल्लाहरुमा अभियान सञ्चालन हुने बताए ।

काँग्रेसभित्रका विकृति र गलत प्रवृत्तिलाई हटाउँदै पार्टीलाई सक्रिय बनाउने उद्देश्यले गएको पुसबाट सुरु गरिएको यस अभियानमा मुलुकभरका लोकतन्त्रवादी युवाहरुलाई आवद्ध गर्ने लक्ष्य राखिएको छ । यस अभियानमा सयौं सहभागी भइसकेको र धेरैको रुची तथा सदभाव बढ्दै गएको भन्दै पौडेलले काँग्रेसलाई बलियो बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको बताए ।

प्रदेश नं. ३, २ र १ का विशेषगरी तराईका जिल्लाहरुमा अभियान सञ्चालन गर्न चैत ९ गते आफूहरु जान लागेको उनले बताए । पहिलो दिन चैत ९ गते सिन्धुली हुँदै सिराहा, धनुषा, रौतहट, सप्तरी, मोरङ, सुनसरी हुँदै चैत १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

चिन्तन पौडेल भन्छन– काँग्रेसप्रति आस्था राख्नेहरुमा पार्टीप्रति राजनीतिप्रति असन्तुष्टि र निराशा बढ्दै गएको छ । उहाँहरुमा आशा र उत्साह जगाउन पनि एक खालको जागरण अभियान जरुरी थियो । यस अभियानले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन सहयोग गर्ने मेरो विश्वास छ ।’

सामाजिक विकासबाट नै आर्थिक विकास संभव छ र त्यो दिगो हुन्छ सोचका बारेमा धेरै भन्दा धेरैलाई बुझाउने, छलफल गर्ने उद्देश्यले मुलुकभर जागरण अभियान सञ्चालन गरिरहेका चिन्तन पौडेले काँग्रेसभित्र बढ्दै गएको व्यक्तिवादी सोचलाई न्यून गर्ने, पार्टीलाई उपेक्षा गरेर व्यक्तिको प्रचार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, आर्थिक तथा साङ्गठनिक कुराहरुमा देखिएका विकृतिहरु हटाउन भूमिका खेल्ने काम जागरण अभियानमार्फत गरिने जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement