विमानस्थलमै क्रिकेटप्रेमीहरुको क्यानविरुद्ध नाराबाजी, विवाद चाँडै समाधान गर्न माग

Advertisement

काठमाडौंः जिम्बावेमा भएको आइसीसी एकदिवसीय विश्वकप छनोटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फकिँदा नपाली समर्थकहरुले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध चर्को नाराबाजी गरेका छन् ।

क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा उनीहरुको समर्थनमा पुगेकाहरुले क्यानको विवाद चाँडै समाधान गर्न माग गर्दै नाराबाजी गरेका हुन । क्रिकेटप्रेमीहरुले क्यानको विवाद नेपालको क्रिकेटको विकासका लागि बाधक भएको भन्दै तत्काल समाधानको माग गरेका हुन ।

उनीहरुले मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधासहित अभ्यासको राम्रो प्रवन्ध गर्नुपर्ने, खेलाडीहरुले भोग्नुपरेका समस्याहरु समाधान गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने भन्दै नेपाली क्रिकेटले ओडीआई मान्यता पाएपछि टुंडिखेलमा क्रिकेट खेलेर अब नहुने बताए ।

Advertisement

Advertisement

Advertisement