दिल्ली भ्रमणमा रहेका यादवले उठाए सहज कृषिजन्य बस्तु निकासीका मुद्दा

Advertisement

काठमाडौंः नेपालका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले नेपालबाट भारतमा निकासी हुने कृषिजन्य र अन्य वस्तुहरुको निर्यातमा सहजीकरण गर्न भारतसँग माग गरेका छन् । मन्त्री यादवले भारतका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री र भारतीय परराष्ट्र मन्त्रीसँगको भेटमा उक्त कुरा राखेका हुन् ।

भारतको दिल्लीमा आयोजना गरिएको विश्व व्यापार संगठनको अनौपचारिक मन्त्री स्तरिय भेटमा उनले नेपाल र भारतका सिमा नाकामा क्वारान्टाइन गर्न र नेपालमा लगानी बढाउने जोड दिए । साथै, उनले नेपाल र भारतबीच देखिएको पारवहन समस्या समाधानको लागि एकिकृत जाँच चौकीको स्थापना, व्यापार जन्य पुर्वाधारको निर्माण, रेलवे निर्माण गर्नलाई माग गरे ।

मन्त्री यादवले कलकत्तादेखि कोशिसम्म जलमार्ग निर्माण, नेपाल बंगलादेशबीच टनेलर्माग निर्माण गर्दै दुई देशबीचको सम्बन्धलाई माथि पुर्याउन आवश्यक रहेको बताए ।

भारतका वाणिज्य मन्त्री सुरेस प्रभुले नेपाल र भारतबीचको व्यापारमा देखिएको समस्यामा आफु जानकार रहेको र ती समस्यालाई समाधान गर्न, नेपालमा लगानी बढाउन र व्यापार जन्य क्षमता विकासमा नतिजा आउने गरि काम गर्न इच्छुक रहेको बताए ।

साथै, भारतकी विदेश मन्त्री सुष्मा स्वराजले नेपालको समृद्धिमा सहयोग गर्न भारत तयार रहेको भन्दै व्यापारमा देखिएका समस्या र दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याइने बताइन् ।

Advertisement

Advertisement

Advertisement