त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्ने ठाउँ नै छैन– राजुबहादुर केसी

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै भएको बंगलादेशी विमान दुर्घटनाले विशेषगरी नेपालको पर्यटन क्षेत्र उड्डयन क्षेत्र होटल क्षेत्र चिन्तित हुन पुगेको छ । पर्यटन क्षेत्र सुधार आउने आशा पलाएको बेला पछिल्लो विमान दुर्घटनाको प्रभाव कस्तो रहला ? नेपालको उड्डयन सुरक्षामा चुनौति के के हुन ? भन्ने विषयमा उड्डयन क्षेत्रमा लामो अनुभव हासिल गरेका नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक राजुबहादुर केसीसँग केही दिनअघि कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रम कर्पोरेट नेपालमा गरिएको कुराकानीको सारः उड्डयन क्षेत्रमा यहाँको लामो अनुभव रह्यो है । कस्तो रह्यो अनुभव ? राम्रो रह्यो । ४० वर्ष जती काम गरें मैले यो क्षेत्रमा । यो ४० वर्षमा मैले एयरपोर्टको हाइल्याण्डदेखि लियर उच्च व्यवस्थापनसम्म काम गरें । जस्तो यो प्राइभेट क्षेत्रको कम्पनी हिमालयन एअरलाइन्समा पनि काम गरे । यस्को स्ट्यावलिस्टको बेलादेखि काम गरेर फ्लाइटको अवस्थामा ल्याएर विश्राम लिएको छु ।

Advertisement

अब पछिल्लो विमान दुघटनाको विषयमा कुरा गरौं । यही विमान दुर्घटनाबाटै कुराबाट सुरु गरौं । जुन युएस बंगलाकोे विमान दुर्घटना भयो काठमाडौंमा । तपाईं एउटा उड्डयन क्षेत्रको विज्ञ, लामो समय नेपाल वायुसेवा निगममा समेत काम गरेको व्यक्ति, कसरी हेर्नुभएको छ यो घटनालाई ? यो अत्यन्तै सिरियस कुरा हो । तपाईंले अघि नै भन्नुभयो नेपालले लामो समयपछि पर्यटन क्षेत्रमा फड्को मार्न लागेको बेलमा, भर्खर पर्यटन क्षेत्रमा प्रगति गर्न लागेको बेलमा यो दुघर्टना भयो । त्यो भन्दा पनि नेपालको उडान सुरक्षाको क्षेत्रमा भइरहेको सुधारको बेलामा यस्तो दुघर्टनाले ठूलो असर पार्छ । नागरिक उड्डयन प्राधिकरण र सरकारको ठूलो प्रयासपछि आठ नौ महिना अगाडी मात्र इकाओको एसएसइको कालोसुचीबाट नेपाललाई हटाइएको थियो । जुन एउटा स्वागत योग्य कुरा थियो । त्यही कारण हिमालयन एअरलाइन्सको फ्लाइटलाई साउदी अरबको सिभिल एभिएसनले पनि क्लियर गरिदिएको थियो । त्यो हिसावमा उहाँहरु इयुले राखेको ब्ल्याक लिस्ट पनि हटाउने प्रयासमा हुनुहुथ्यो । मलाई लाग्छ त्यो पनि चाँडै हट्थ्यो होला । नेपाललाई त्यसबाट पनि हटाउन सकिन्थ्यो । त्यो ब्ल्याक लिस्ट हटेको भएदेखि अहिले नेपाल वायु सेवा निगमले ल्याउन लागेको ३३० विमान, भइरहेका विमानहरुलाई युरोप र युरोपबाट पनि डाइरेक्ट विमान सेवा यँहा ल्याउन निकै सहयोग पुग्थ्यो । तर, यो अहिलेको एक्सिडेन्टले गर्दा सबैलाई सेक्युरिटिको हिसावले झक्झकाएको छ र सिरियस पारेको छ । निकै सिरियस इम्प्याक्ट पार्नेछ यो घटनाले ।
दुघर्टनाले ठूलो जनधनको क्षति भयो । धेरै लामो समयपछि नेपालमा ठूलो जहाज नेपालमा दुर्घटना भयो । त्यो पनि विमानस्थलभित्रै । यसले हाम्रो उड्डयन सुरक्षामा थप चुनौति थपियो भन्ने खालको चिन्ता छ । तपाईंलाई के लाग्छ ? मानवीय क्षति त निकै नराम्रो हो । सुरुमा ४९ जना र पछि दुई जनाले ज्यान गुमाउन परेको कुरा सुन्नमा आयो । घाइतेहरुको पीडा । उहाँहरुको आँफन्तलाई पनि त्यत्ति कै पीडा छ । सुन्नेलाई पनि पीडा भइरहेको छ । घाइतेहरुको उपचारमा कति समय लाग्ने हो त्यसको पनि पीडा र टेन्सन छ । ठूलो क्षति भयो । त्यो पीडा र क्षति सँगसँगै एयरपोर्टभित्र ल्याण्ड गरिरकेको जहाज क्र्यास हुने । त्यो क्र्यास हुँदा तेत्रो मान्छे मर्नु त्यो दुखद पक्ष हो र पीडादायिक छ ।

योे विमानस्थलमा भएको तेस्रो दुघर्टना हो । यसअघि पनि विमानस्थलमा तीन वटा विमान दुघर्टना भएको थियो । टर्की एअरलाइन्स र एउटा डोमेस्टिक एअरलाइन्स पनि । कसरी लिन सकिन्छ यो घटनालाई ? टर्कीस एअरलाइन्सको चाहीं ठूलो क्षति भएन । यो अहिले दुर्घटना भएको विमान चाँही सामान्य खालको विमान हो । जेट इन्जिनको विमान पनि होइन । त्यो हिसावले यत्रो मानवीय क्षति नभएको भए हुन्थ्यो । नभैदिएको भए राम्रो हुन्थ्यो । तर, दुघर्टना चाहेर वा प्लान गरेर हुने होइन् । रेस्क्यु पनि गर्नुभयो गर्नेहरुले । हामीले त अखवारमा पढेर थाहापाउने त हो । रेस्क्यु पनि १० मिनेट अगाडी भएको भए यत्रो मानिस मर्ने थिएनन होला । केही त्रुटी हुनसक्छ । मानवीय त्रुटीका कारणले नै दुघर्टना हुन सक्छ । विज्ञहरुले के भन्छन् भने उनीहरुले तीन वटा फ्याक्टर दिन्छन् । एउटा मानवीय त्रुटी । यसमा पाइलटको गल्ति हुन्छ । त्यसलाई गाइड गर्ने एटिसि टावरको गल्ति हुन्छ । अर्को मौसमको खरावी । यसले पनि अप्ठ्यारो हुनसक्छ पाइलटलाई । यो कारण पनि दुघर्टना हुन सक्छ । अथवा मिस अण्डरस्ट्याण्डिङ हुन सक्छ । वा जहाजको टेक्निकल कन्डिसन पनि ठिक नहुँन सक्छ । यी तीन वटा फ्याक्टरले कन्ट्रिब्युट गर्छ भन्छन् विज्ञहरु । कसरी भयो भन्ने चाँही पछि थाहा हुन्छ ।
जुन दुर्घटना भयो । छ यसमा चालकको कमजोरी भन्ने कुरा आएको छ । छानबिनपछि आउने एउटा निष्कर्ष त छँदैछ । हरेक चोटी दुघर्टना हुँदा मानवीय त्रुटी कै कारण भएको निष्कर्ष निकालिन्छ । यहाँले कसरी हेर्नुहुन्छ ? अहिले नै कस्को गल्ति थियो भनेर निष्कर्ष निकाल्दा अपरिपक्व हुन्छ । तेत्रो हाइलेवलको जाँचबुझ टोली गठन गरेको छ सरकारले । अहिले यहाँ हामी कुरा गर्दा पाइलटको गल्ति भएको भन्न मिल्दैन । विमानमा खरावी थियो कि । मौसम खराबी थियो कि वा एटिसिको कमजोरी थियो कि भनेर भन्न हामी विषेशज्ञ पनि होइन । हामी त्यो गर्न सकिदैन । र गर्ने अवस्था पनि होइन । अघि नै मैले तपाईंलाई भने पनि तीन वटा फ्याक्टरमध्ये कुने एक हुनसक्छ एक्सिडेन्ट हुनको लागि । कहिलेकाहीं यी तीन वटैको मिक्सचर पनि हुनसक्छ । यो दुघर्टनामा पनि तीनै फ्याक्टरको मिक्सचर भएको हुनसक्छ । किनभने यहाँ चालकले मैले रनवे देखिन भन्नुभएको पनि बाहिर आएको छ । प्रत्यक्षदर्शीले भनेको अनुसार जहाज सिधै डोमेस्टिक वेबाट आयो । त्यो उसको बाटो पनि होइन । तलबाट आएको भनेका छन् । जुन डोमेस्टिक एअरलाइन्स आउने बाटो हो । अर्कोतिर ०२ र २० को कन्फ्युजन पनि देखिएको छ । यस कारणले गर्दाखेरी यो सबैको कम्बिनेसन हुन सक्छ ।चालकले कन्ट्रोलरको आदेश मानेन भन्ने कुरा आएको छ । यस्तो खालको आदेश नमानी ल्याण्ड गर्ने गरेको घटना विगतमा हुन्थ्यो ? वास्तवमा भन्ने हो भने त आकाशमा उडने चालकले गाइड गर्ने मानिसले गरेको गाइड नमान्दा त परिणाम राम्रो हुँदैन नी । जुन कुरा हामीले पनि देख्यौं । हुन त म पाइलट पनि होइन । जस्तो सवारी साधनले पनि ट्राफिकले रोक भन्दा नमानी लग्यो भने त त्यसको परिणाम पनि नराम्रो हुन्छ नि । अर्को तर्फबाट आएको मोटरले हान्दिन्छ । त्यसमा पनि गाइडले त हेरी भ्यु गरिराख्या हुन सक्छ । कुन विमान कहाँबाट आइरहेको छ ? कुन रुटबाट आएको छ ? भन्ने त थाहा हुन्छ नि गाइडलाई । भन्दाभन्दै आफ्नो जजमेन्ट पाइलटले प्रयोग गर्यो भने । उ त त्यहाँ सिङगल उँडिराख्या हुन्छ । उसलाई त थाहा हुँदैन नि कुन विमान काहाँबाट आइरहेको छ । त्यसकारण त्यो त मान्नपर्यो नि गाइडको कुरा ।यो घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा झक्झकाएको छ ? आकाश नै सुरक्षित नहुने त कुरै भएन । आकाश त जाहाँ पनि एउटै हो नि । नेपाली आकाश चाहीं हाइ अल्टिच्युड एयरपोर्ट भएको कारणले गर्दा संसारकै डिफिकल्ट एयरपोर्टमध्येमा मानिन्छ । डाँडाकाँडा ठूला र अग्ला भएको कारणले । आकाश नै असुरक्षित भन्ने कुरा त कहाँ हुन्छ र ? आकाश त आकाश नै हो नि ।विमान सेवालाई सबैभन्दा सुरक्षित यातायातको रुपमा पनि लिइन्छ । तर, यस्ता किसिमका हवाई दुर्घटना बारम्बार किन हुन्छ ? सुरक्षितको हिसाबमा त अब जति नयाँ मोडलको जहाज आयो तेत्ति नै सुरक्षित हुन्छ । मैले सुनेको छु अहिलेको जहाज ३१९ र ३२० जहाजमा फोर लेभरको सेक्युरिटी हुन्छ रे । पाइलटले क्रयास गर्छुभन्दा पनि कम्प्युटरले आफै सच्याउछ रे । तपाईंले भने जस्तै विमान सबैभन्दा आधुनिक सुरक्षित यात्रा त हो । तर आकाशमा समाउने ठाउँ हुँदैन । एकपटक खसेपछि त खसिहाल्यो ।तर, बारम्बार यस्ता घटना घट्नुमा कम्जोरी पक्ष कहाँ देखिन्छ ? हामी सधै मानवीय कमजोरी औल्याउँछौ । भूगोलको पक्ष पनि छ सँगसँगै प्राविधिक पक्ष पनि छन् । यस्ता सिरियर घटना हुनुमा तीनै पक्ष हुनसक्छ । मौसम, जहाजको टेक्निकल अवस्था र हुमन इरोर । यी चिजहरु नै हुन । मलाई लाग्छ अब जाँचबुझ कमिटि बनेको छ । उहाँहरु एक्सर्पोट हुनुहुन्छ । राम्रो रिर्पोट दिनुहुन्छ मलाई लाग्छ ।जुन युएस बंगलाको विमान दुर्घटना भयो । मानवीय क्षति भयो । यसमा इमरजेन्सी रेस्क्यु तत्कालै नभएका कारणले धेरै क्षति भएको कुराहरु आएका छन् । बारुदयन्त्र तयारी अवस्थामा थिएन । इमर्जेन्सी कल पनि थिएन भन्ने कुरा आयो । यो त्रुटी किन हुन्छ ? विमानस्थल जस्तो संवेदनशील स्थानमा किन हुन्छ यस्तो ? त्यस्तो त हुँदैन । एयरपोर्टमा फाएर कन्ट्रोलरहरु त स्ट्याण्डबाई बसेका हुन्छन् । घटना भएको केही मिनेट वा दुई तीन मिनेट त लागि हाल्छ नि । विमानस्थलमा घटना हुन्छ भनेर कोही बस्या हुँदैन । त्यसकारण चालक बारुदयन्त्रमा बस्दा थोरै टाइम त लागि हाल्छ नि । भेहिकलमा चालक गएर अन गरेर मात्र जाने हो नि त । तर, एटिसिलाई पुर्वसुचना मात्र भइदिएको भए उहाँहरुले फायर फाइटरलाई तयारी अवस्थामा राख्न सक्थ्यो होला । यो प्राविधिक कुरा हो । मेरो अन्दाज मात्र हो ।सामान्यतया जुनसुकै अन्तर्राष्ट्रिय विमानहरु साउथ पोलबाट आउँछन् । यो विमान नर्थ पोलबाट आयो । डिफ्रेन्ट रुटबाट आयो भनिन्छ । यसलाई कसरी लिनुहुन्छ तपाईं ? प्रत्येक विमानलाई कुन रुटबाट आउने कति हाइटमा आउने भन्ने त विमानको चालक र एटिसिले कोअर्डिनेट गर्नुपर्छ । नमान्ने हो भने त्यहाँ ठूलो घटना हुने सम्भावना धेरै हुन्छ । एटिसिको गाइड नमान्ने हो भने दुखद परिणाम हुने सम्भावना धेरै हाइ हुन्छ । एटिसिले भनेको नमान्ने, जबरजस्ती गर्ने, होल्ड नगर्ने भयो भने त.... । उसले दिएको अल्टिट्युड नमान्न हो भने त... । आकाशमा उड्ने त धेरै हुन्छन नि । धेरै प्राविधिक कुरा हुनसक्छ । यसको बारेमा त विमानचालकहरुलाई सोध्यो भने अझ विस्तृत रुपमा भन्दिनुहुन्छ । मैले त अनुमान र अनुभवको आधारमा भन्ने त हो ।विमानस्थलको कुरा गरौं । हाम्रो नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसमा पनि म्यानेजमेन्ट, इन्फ्रस्टकचरको कुरा गर्ने हो भने धेरै नै कमजोरी छ । यो भन्दा अगाडी यसको विकासको लागि सुधारको लागि काम नभएको पनि होइन । तर सधैं एउटै किसिमको कमजोरी किन हुन्छन ? लोकेशनको हिसावले काठमाडौं त हाई अल्टिच्युड नै छ नि । विमानस्थलमा जति भएको जग्गा हो त्यो प्र्रयोग पनि गर्नु भएको छ । पहिले त यो विमानस्थल गौचरन हो । त्यसलाई सुधार गरेर अहिले यत्रो राम्रो बनाइयो । जति रनवेको लागि आवश्यक दुरी हो ? त्यो त भइरहेको छ । उत्तर तिर बाग्मति छ । दक्षिणतिर पनि बस्ती छ । रनवे चाहीं नर्मल्ली ठूला विमानस्थलमा दुई तीनवटा हुन्छ । तर नेपालमा छैन । त्यसको कारण एक्सटेन्सन गर्ने तिर पनि सोचिरहेको छ । टर्मिनल लागि पनि राम्रो इन्फ्रास्ट्रक्चर हुनपर्ने हो । यात्रुहरुको लागि अलि ठाउँ हुनपर्ने हो । त्यो पनि पर्याप्त छैन । इन्फ्रास्ट्रक्चरको हिसावमा पनि ठाउँ अभाव छ । यसको विकासका लागि च्यालेन्ज धेरै छ ।विमानस्थलको सुधार र अपडेटका लागि सम्भावना के देख्नुहुन्छ ? सुधारका संभावनाहरु के के छन् ? मलाई लाग्छ यस्लाई धेरै सुधार गरेर फराकिलो बनाउन सकिँदैन् । म्यासिभ इम्प्रुभमेन्ट धेरै गरिन्छ जस्तो त मलाइ लाग्दैन । त्यसकारण सरकारले नै यस्को विकल्पको रुपमा निजगढ, भैरहवा र पोखरामा विमानस्थल बनाउन खोजेको होला । यस्ता अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडी बढाएको हो । तर यसमा विमानस्थलबाट अहिले पनि राति १२ बजेदेखि बिहान ६ बजेसम्म विमान उडाउन पाइँदैन । त्यसलाई सुधार गरेर राति पनि खुलाउने हो भने कम्तिमा पनि २०, २५ प्रतिशत दिउँसोको हवाई चाप कम गर्न सकिन्छ । केही अन्र्राष्ट्रिय विमानले रातिमा उडान गर्न खोजिरहेका छन् पनि । त्यसलाई स्वीकार मात्र गरेपनि धेरै विमानको चाप दिउँसोमा कम हुन्छ ।विमानस्थल नजिकको बस्तिको कुरा गरौं न । एकदमै अन्डर सरकमस्ट्यान्सेसको रुपमा रहेको छ बस्तिहरु । यो जोखिपुर्ण अवस्थालाइ कसरी लिनुहुन्छ ? नर्मल्ली ठूला शहरमा विमानस्थल बनाउँदा शहरभन्दा टाढा बनाइन्छ । मलेसियाकै कुरा गर्दा क्वालालम्पुरदेखि ८५ किलोमिटर टाढा बनाइएको छ । उनीहरुले सडकलाई पनि राम्रो बनाएकाले ४०, ५० मिनेट मात्र लाग्छ राजधानी पुग्न । त्यो मानविय क्षति नहोस भन्ने लक्ष्यका साथ टाढा बनाइएको होला । क्षेत्र पनि धेरै ओगटेको छ । पार्किङ पनि धेरै बनाउन सकिने भयो । तर, काठमाडौंको विमानस्थल पनि सुरुमा बनाउँदा त बस्तिभन्दा टाढा बनाइएको थियो होला । पछि बस्ति विकास हुँदै आए । अब त्यसलाई हटाउन पनि सक्दैनौं किनकी काठमाडौको जग्गा यति महंगो छ । क्षतिपूर्ति दिएर हटाउन पनि सम्भव छैन । राखिराख्दा पनि रिक्स छ ।उड्डयन क्षेत्रमा नयाँ प्रविधिको कुरा गरिन्छ । सँगसँगै ऐन कानुनका कुरा हुन्छन् । नीति नियमका कुरा हुन्छन् । तर लागु हुँदैन । जुन विमानस्थलकै सुधारका कुरामा पनि लागु हुन्छ । दुघर्टनाका कुरामा पनि आउछ यी कुरा जोडिन्छ । कमजोरी कहाँ देख्नुहुन्छ ? मलाइ लाग्छ उहाँहरुले धेरै उन्नती प्रगति गरिराख्नुभएको छ होला । मैले त्यस क्षेत्रमा उध्ययन नै गरेको छैन । भर्खरै पनि राडार जडान भएको छ । आधुनिक प्रविधिको रुपमा । सायद भइराखेको होला अरु पनि ।उड्डयन क्षेत्रको कुरा गरिरहँदा पर्यटन क्षेत्र पनि जोडिन्छ । एकआपसमा सम्वन्ध रहेको छ । यो अस्तिको घटनाले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभावहरु के के हुन ? पर्यटन क्षेत्रमा धेरै असर परेको छ । नेपालको एयरपोर्टलाई इयुको कालोसुचिबाट हटाएर यहाँको एयरलाइन्सलाई युरोप लग्ने र युरोपको जहाजलाई यहाँ ल्याउने सरकारको र प्राधिकरणको लक्ष्यमा नै बज्रपात पर्यो । अब इयुले फेरि रिभ्यु गर्छ । छ महिनापछि हुने थियो भने अब दुई वर्ष पनि लाग्न सक्छ । नेपालीहरु जाने त मलेसिया हो । तर, युरोपियनहरु नै मेन कन्ट्रिब्युटर मानिन्थ्यो नि त पहिले त । युरोपबाट डाइरेक्ट फ्लाइट यहाँ आइदिने भए त यहाँका होटलले गेष्ट पाउँथे । धेरैले रोजगारी पाउँथे । त्यो त गुम्यो नि केही समयको लागि ।यस घटनालाई दृष्टिगत गरी अब पर्यटन विकासको लागि पर्यटन व्यवसायी, सरकार उड्डयन क्षेत्रले गर्नुपर्ने काम क हो ? एयरलाइन्सलाई नियमन गर्ने निकाय नागरिक उड्यन प्राधिकरणले, पर्यटन मन्त्रालयले डिसिप्लिनमा राख्नु पर्यो । डिसिप्लिनलाई राम्रो गरि राख्न सकियो भने दुघर्टना कम गर्न सकिन्छ । जहाँ डिसिप्लिन बिग्रियो, त्यहाँ सबै थोक बिग्रियो । अस्ति पनि दुर्घटना डिसिप्लिन कै कारण भएको भन्ने हल्ला सुनियो । सेफ्टीको लागि त कम्प्रोमाइज गर्न भएन । पहिलो कुरा त नीति नियम एकदम राम्रो हुन पर्यो । त्यो नीति नियमलाई सबैले पालना गर्नुपर्छ । एयरलाइन्सले पनि सेफ्टीमा ध्यान दिनुपर्छ । पाइलटले पनि यो सानो कुरा हो, गर्न सकिहालिन्छ नि भनेर जबरजस्ती गर्न हुँदैन । कहिले काहीं त होला तर धेरै ठाउँमा लागू हुँदैन ।म्यानपावरमा जुन ट्रेनिङहरु हरेक पल्ट आवश्यक पर्छ । यसले कतिको भूमिका खेल्छ दुर्घटना रोक्नको लागि ? युएस बंगलाको ट्रेनिङ सिस्टम के छ ? मलाइ थाहा भएन । तर, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्समा जहाँ मैले काम गर्ने मौका पाएँ त्यहाँ चाहीं जनशक्तिलाई ठूलो महत्व दिइन्छ । निजी एयरलाइन्स बुद्धले पनि सिमुलेटर तालिमलाई महत्व दिएको सुनेको छु । पाइलटहरु प्रत्येक छ महिनामा सिमुलेटरमा जानुहुन्छ । ट्रेनिङ एकदम जरुरी छ । त्यो नगरी नागरिक उड्डयनले लाइसेन्स रिन्यु पनि गर्दैन । अहिले पाइलटलाई ट्रेनिङको जरुरी के छ र ? भनेर भन्न मिल्दैन । पाइलटले हिजो पनि चलाइराख्याथियो । आज र भोलि पनि चलाउछ भन्ने खालको सोचाइले हुँदैन । मुख्य कुरा रुल्सरेगुलेसनलाई पालना गर्नुपर्यो । जहाजमा पनि विभिन्न प्रकारका समस्या उत्पन्न भइरहेका हुन्छन् । जहाजमा यस्ता सुधार गर्नुपर्यो भने पछि त्यो पनि गर्नुपर्छ ।

Advertisement

Advertisement