सेन्ट्रल फाइनान्सले ८.५ प्रतिशत बोनस सेयर जारी गर्दै

Advertisement

काठमाडौंः सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट छ करोड ६३ लाख ८४ हजार ५०९ रुपियाँको चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

साथै, कर प्रयोजनको लागि ३४ करोड ९३ हजार ९२२ रुपियाँ नगद लाभांस दिने निर्णय गरेको जानकारी दिएको छ । यही चैत ५ गते बसेको फाइनान्सको सञ्चालक समितिको २४८औं बैठकले बोनस सेयर र नगद लाभांस दिने निर्णय गरेको हो ।

तर, बोनस सेयर र नगद लाभांस वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृती दिएर कम्पनीको साधारण सभाबाट पारित भएपछि मात्रै वितरण गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement