प्रदेश ५ मा प्रादेशिक योजना आयोग गठन, उपाध्यक्षमा राष्ट्र बैंकका निर्देशक

Advertisement

बुटवलः प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाश श्रेष्ठलाई नियुक्त गरिएको हो ।

उनलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जानकारी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले दए । बैठकले मुख्यमन्त्रीका प्रेस सल्लाहकारमा गुल्मी स्थायी निवासी हाल रुपन्देहीमा करीव दुई दशकदेखि पत्रकारितामा क्रियाशील शेरबहादुर खत्रीलाई नियुक्त गरेको छ ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले केन्द्रीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको एक अर्ब दुई करोड रुपियाँ बजेट यही चैत मसान्तभित्र बिनियोजन गरिसक्नुपर्ने भएकाले आआफ्नो मन्त्रालयमा १० दिनभित्र साधारण र पूँजीगत खर्चको योजना मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मन्त्रीहरुलाई निर्देशनसमेत दिएका छन् ।

कारबाट प्राप्त उक्त बजेटको विनियोजन प्रदेशसभामार्फत नीति तथा कार्यक्रम बनाएर प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले चैत मसान्तभित्र नै सोही बजेटका आधारमा प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको पोखरेलले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement