वैदेशिक रोजगारीमा जाने कामदारमाथिको शोषण अन्त्य गर्ने श्रममन्त्रीको अठोट

Advertisement

काठमाडौंः नवनियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै त्यस्ता कामदारहरुमाथि शोषण गर्नेगरी सञ्चालनमा रहेका सिन्डिकेट गर्ने संस्थाको अन्त्य गर्ने बताएका हुन ।

सिन्डिेकटका कारण अहिले मलेसिया, साउदी अरेबिया, ओमन, कतार र बराइन जाने कामदारमा आर्थिक भार थपिएको भन्दै
बिष्टले अहिले रोजगारीमा जाने कामदारमाथि स्वास्थ्य परीक्षण, पासपोर्ट संकलन, भिसा स्टाम्पिङ र सेवा शूल्कवापत शोषण भइरहेको जानकारी दिए ।

मलेसिया जाने कामदारको बायोमेट्रिक परीक्षणमा ३० वटा मेडिकल र साउदी, ओमन र बराइन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालको नाममा १२ वटा मेडिकलको सिन्डिकेट रहेको छ ।

मन्त्री विष्टले भने ‘नेपालको संविधानले नै सबै प्रकारको सिन्डिकेट अन्त्यको अधिकार प्रत्याभुत गराएको छ । तर, वैदेशिक रोजगारको क्षेत्रमा सिन्डिकेटको जालो कायम छ । सिन्डिकेटका नाममा कामदारमाथि शोषण गर्नेको दिन गणना सुरु भइसकेको छ ।’

उनले काुनन र विधिभन्दा बाहिर गएर कामदारमाथि शोषण गर्न कसैलाई पनि छुट नरहेको भन्दै नातावाद र एमालेको नाम बदमासी गर्ने सबैलाई कारबाही गर्ने बताए । नेपालको श्रम शक्तिको विकास गर्दै देशमै रोजगारीको प्रयाप्त अवसर सिर्जना गर्ने गरी नयाँ व्यवस्था लागू गर्ने विष्टले बताए ।

उनले देशमै प्रयाप्त रोजगारीका अवसर सिर्जना नभएको अवस्थासम्म वैदेशिक रोजगारीमा जाने युवाको हित र संरक्षणमा प्रभाकारी कदम चालिने बताउँदै देशभित्र र बाहिर काम गर्ने दुवै मजदुरको ज्याल अतिनै न्यून रहेकोले उनीहरुको उचित ज्याला र श्रममैत्री कानुन निर्माणका लागि आफूले काम गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement