सही बिलबिजकबाट मात्रै कारोबार गर्न अर्थमन्त्रीको व्यवसायीलाई आग्रह

Advertisement

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताएका छन् ।

सरकारले आर्थिक विकासको योजनालाई नै प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सरकारको सबै प्रयासले मात्रै मुलुक अगाडि नबढ्ने भएकाले निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने उल्लेख गरे ।

अर्थमन्त्रीले मालसामान कारोबारमा बिलबीजकका आधारमा बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोग प्रदान गर्न आह्वान गरे । भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले इमान्दार प्रयत्नले मात्रै सकारात्मक परिणाम निस्कने स्पष्ट पारे ।

अर्थमन्त्रीले फरक फरक निकायले बजार अनुगमन गर्दा समस्या उत्पन्न हुने भएकाले एकद्वार प्रणालीअन्तर्गत बजारको अनुगमन तथा विश्लेषण गरिने बताए । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याको दीर्घकालीन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन अत्यावश्यक रहेको स्पष्ट पारे ।

भेटवार्तामा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार–व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्री डा खतिवडासँग आग्रह गरे । चेम्बरका अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय क्षेत्रको चर्काे ब्याजदर घटाउनेतिर पनि सरकार लाग्नुपर्ने खाँंचो औँल्याउनुभएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement