आकर्षक एवं अतुलनिय सुविधासहित एनआइसी एसियाले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राखेर यो खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

“बैंक पनि, साथी पनि” भन्ने नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको एनआइसी एसियाको यस नयाँ खाता खोल्दा मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा प्रदान गरिएको छ ।

त्यसैगरी, सो खातामा निःशुल्क भिसा डेबिट कार्ड÷क्रेडिट कार्ड÷मोबाइल बैंकिङ सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । साथै, मासिक औसत रु १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिनेछ ।

त्यस्तै प्रिमियम समुन्नति बचत खाता खोलि मोबाइल बैंकिङ सेवा लिएपछि एनटीसी वा एनसेलको रु १०० बराबरको रिचार्ज कार्ड÷टपअपसमेत निःशुल्क प्रदान गरिने छ । एक हजार रुपियाँ न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक आठ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमा सुविधा समेत निःशुल्क प्रदान गरिनेछ ।

साथै, यस खातामा निःशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ भने व्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन । नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सीमित अबधीसम्म मात्र सञ्चालनमा रहने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement