भक्तपुरमा ११ दिने बृहत औद्योगिक व्यापार मेला हुने

Advertisement

भक्तपुरः नयाँ वर्षको अवसरमा भक्तपुरमा चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४–७५ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले मेला आयोजना गर्न लागेको हो ।

आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिन चल्ने मेला एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिँदै उनले मेलामा दुईसयभन्दा बढी स्टल रहने बताए । मेलामा दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, भाडाकुडाका सामग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने जनाइएको छ ।

मेला संयोजक दिपक थापाले अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाइल, इलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने बताए । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको उनले बताए ।

मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ । करिब १० देखि १२ करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रियस्तरका कलाकारहरुको हाँस्यव्यङ्ग्य प्रस्तुति रहने मध्यपुर व्बाइज व्याण्डका प्रबन्ध निर्देशक सुनिल बज्राचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement